२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम

Author Uttari Morang
शुक्रबार, आषाढ २८, २०८१
पथरीमा गरियो श्रमिकहरूको परिचयपत्र तथा सदस्यता वितरण कार्यक्रम

अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरे नगरको आयोजनामा श्रमिकहरुको परिचयपत्र तथा सदस्यता –पत्र वितरण कार्यक्रम  गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र विशिष्ट अतिथि उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गर्नुभएको थियो ।
नगरपालिकाको सभाहलमा बिहिबार २ सय जना बढीको भेलाले  कार्यविधिलाई संसोधन गर्दै संस्थालाई आधिकारिक ट्रेड युनियन बनाउने साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने निर्णय गरेको छ ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, क्यूपेक नेपाल मोरङ जिल्ला कोषाध्यक्ष दिनेश लावतीले आ–आफ्ना कुरा राख्नुभएको थियो । निक्कै उत्साहित रुपमा उपस्थिति जनाएका श्रमिकहरुले परिचयपत्र र सदस्यता प्राप्त गरेपछि खुशी व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी शिवकुमार रार्ई, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, जीवन खतिवडा, नैना राई लगायतको उपस्थिति  थियो ।