२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एक वर्षमा दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

Author Uttari Morang
आइतबार, साउन ०६, २०८१
एक वर्षमा दुई लाख ३१ हजार भक्तजनले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार ३३४ भक्तजनले  ताप्लेजुङमा अबस्थित पाथीभरा देवीको दर्शन गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनामा एक हजार १२२ तीर्थयात्रीले पूजापाठ गरेका थिए । यसैगरी भदौमा पाँच हजार, असोजमा १० हजार ३४३ जनाले पाथीभरामा पुगेर पूजापाठ गरेका छन्  ।
बडादसैँपछि चैतेदसैँ (रामनवमी) का समयमा भारत र अन्य देशबाट पनि धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् ।
कात्तिक अर्थात् दसैँको समयमा ४९ हजार १६३ भक्तजन पाथीभारमा पूजापाठ गरेको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मङ्सिरमा २० हजार ४१६, पुसमा पाँच हजार ६५५ र माघमा छ हजार ४०१ जना, फागुनमा १७ हजार ९१२ र चैतमा ५२ हजार ४५५ भक्तजनले पूजापाठ गरेका छन् ।
जेठमा आठ हजार ६२९ र असारमा दुई हजार ७५६ जना भक्तजनले पाथीभरा देवीको दर्शन गरेका समितिले जनाएको छ ।
तीन हजार ७९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न धनकुटाको मुलघाट हुँदै तमोर करिडोरबाट र झापाको बिर्तामोडबाट मेची राजमार्गबाट जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ ।
वर्षाको समयमा कच्ची बाटोमा समस्या हुने भए पनि काफ्लेपाटीसम्म यातायातका साधन सञ्चालनमा छन् । त्यहाँबाट पाँच किलोमिटर हिँडेपछि देवीथान पुगिन्छ ।