राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष हेमराज सुवेदीले संघको बारेमा जानकारी दिँदै, संस्थागत विद्यालयको बढ्दो प्रभावको बेला सामुदायिक आधारभूत विद्यालयलाई छनोट गरेर शैक्षिक सामाग्री वितरण गरेकोमा कोशी प्रदेश कमिटीको सोच र कार्यको प्रशंसा गरे।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय उर्लाबारीका प्रबन्धक जोती दाहाल, पथरी शाखाका प्रबन्धक रोशन सुवेदी, पचरुखी शाखाका प्रबन्धक ज्ञानेन्द्र बल लगायतको उपस्थिति थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राज लिम्बुको अध्यक्षतामा भएको थियो ।






