२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
इन्टरभ्यू

बनिनसक्दै भत्किन थाल्यो कालोपत्रे, बेलबारी नगरपालिकाले बजेट रोकिदिने

Author Uttari Morang
आइतबार, भाद्र २३, २०८१
बनिनसक्दै भत्किन थाल्यो कालोपत्रे, बेलबारी नगरपालिकाले बजेट रोकिदिने

बेलबारी वडा न ६ को ५ सय ५४ मिटर कालोपत्रे निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ।

बेलबारी नगरपालिकाको नगर-वडा साझेदारी योजना अन्तर्गत बेलबारी वडा न ६ को कालोपत्रे निर्माणमा ठेकेदार लोहित गङ्गा निर्माण सेवा बुढीगंगाले लापरबाही गरेको हो । नगरपालिकाका नगर -प्रमुख, उप-प्रमुख, प्राबिधिक ,वडा अध्यक्ष, वडा सदस्य र स्थानीय सहितको टोलीले अनुगमन गर्दा यस्तो पाइएको हो । ठेकेदारले कसैलाई थाहा नै नदिई राति २ बजे  कालो पत्रे गरेको स्थानीय बासिन्दाले बताएका छन् ।  सडकमा बनाएको कालोपत्रे ठाउँ ठाउँमा उकिन थालेको छ ।

अनुगमनबाट गरिएको कालो पत्रे फेरि ग्रेडर प्रयोग गरी भत्काएर कालो पत्र नगरे भुक्तानी रोकिदिने नगर -प्रमुख दिल प्रसाद राइले बताएका छन् ।