२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न

Author Uttari Morang
आइतबार, पुष २१, २०८१
केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न

प्रस्तावित केराबारी उद्योग बाणिज्य संघको रूपमा रहेकोे केराबारी ब्यापार प्रबन्ध समितिको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
केराबारी ८ मा अबस्थित बन्धु पार्टी प्यालेसमा शुक्रबार साधारणसभा भएको हो । केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको प्रमुख आतिथ्यता र केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किशुन शाहीको अध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा मोरङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह र केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगरको बिशेष आतिथ्यता थियो । केराबारीका उद्योगी, ब्यापारी तथा ब्यबशायीहरुको सहभागितामा भएको साधारणसभामा सुन्दरहरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण कार्की, बेलबारी उद्योग बाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, लेटाङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गजेन्द्र खाण ठकुरी, लेटाङ उ. बा. संघका पुर्व अध्यक्ष ओमप्रकाश श्रेष्ठ, खदम क्याम्पसका प्रमुख टेकबहादुर थपलिया लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
साधारणसभामा विभिन्न ब्यक्तिहरुलाइ सम्मान् गरिएको छ । जसमा दीर्घ साधना ब्यापारी पुरस्कारबाट अक्कल बहादुर कटुवाल र तिलक बहादुर थापा र केराबारी ब्यापार प्रबन्ध समितिले संचालन गरेको उत्कृष्ट बचतकर्ता का रूपमा नेहा थापा सम्मानित भएका छन् ।
साधारणसभामा अध्यक्ष किशुन शाहीले अध्यक्षको प्रस्ताव पत्र र सचिव लक्ष्मण ठाकुरले प्रगति प्रतिवेदन पेस गरेका थिए । साधारणसभाले केराबारी ब्यापार प्रबन्ध समितिको अग्रसरतामा केराबारी बजार पुछारमा गत बर्ष निर्माण शुरु गरिएको प्रवेशद्वारको निर्माणलाई प्राथमिकता दिएर सकेसम्म चाँडै सम्पन्न गर्ने निर्णय गरेको छ । साधारणसभाले आगामी कार्यकालका लागि किशुन शाहीकै नेतृत्वलाई निरन्तरता दिँदै सर्बसम्मत रूपमा १५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । जसमध्ये ९ जना पदाधिकारी र सदस्यहरुको टुंगो लागेको बताइए पनि समितिको नामावली सार्वजनिक गरिएको छैन ।
केराबारी ब्यापार प्रबन्ध समितिमा करिब ५ सय ब्यापारी ब्यबशायी आबद्ध भएपनि हाल करिब ३ सय ब्यापारी सक्रिय सदस्य छन् ।