२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

रेडस्टारमा सन्दीप क्षेत्रीको उपस्थितिमा “जीवनकाे लागि हाँसाे” कार्यक्रम

Author Uttari Morang
सोमबार, माघ ०७, २०८१
रेडस्टारमा सन्दीप क्षेत्रीको उपस्थितिमा “जीवनकाे लागि हाँसाे” कार्यक्रम

नेपालका पहिलाे स्ट्याण्ड- अप कमेडियनको रूपमा सुपरिचित हाँस्य कलाकार सन्दीप क्षेत्रीले पथरीकाे रेडस्टार स्कुल र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयाेजित “जीवनकाे लागि हाँसाे” कार्क्रम मार्फतआफ्नो बेजोड प्रस्तुति दिएका छन्।
आइतबार आयोजित कार्यक्रममा कक्षा ११,१२ र बि.बि.एस.का विधार्थीहरुलाई उनले उत्प्रेरणा प्रदान गरेका थिए ।
विद्यार्थीहरूलाई करियर निर्माण सम्बन्धी बिशेष उत्प्रेरणा दिनुहुँदै उत्प्रेरक कलाकार क्षेत्रीले दृढ संकल्पका साथ निरन्तर अभ्यास लागिरहे मात्रै हरेक कुरामा सफलता प्राप्त हुने उत्प्रेरणा जगाएका थिए।
कार्यक्रमको पहिलो सत्रमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले लागुपदार्थ दुर्व्यसनी तथा साइबर क्राइम न्युनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम प्रस्तुत गरेका थिए।
ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल,पथरी शनिश्चरे नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी,पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, ऋतम्भरा बहुमुखी क्याम्पस तथा रेडस्टार अंग्रेजी माविका निर्देशक / प्राचार्य टिएन तिम्सिना, सोहि विद्यालयका संस्थापक एवंम् आई.एस.ए. कोअर्डिनेटर राजु तिम्सिना , संस्थापक विजय डाँगी , लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार वाछाना राई लगायत सञ्चारकर्मी लगायतकाकाे बाक्लाे उपस्थित रहेको उक्त कार्यक्रममा ७ सय बढी छात्र- छात्राहरू उपस्थिति रहेको थियाे।
राष्ट्रिय सेवा दल अन्तर्गत रेडस्टारका क्याडेट छात्र- छात्राहरुले कलाकार क्षेत्रीलाई स्वागत सम्मान गरेका थिए। कलाकार क्षेत्रीले प्याब्सन प्रि एस.ई.ई परीक्षाकाे परीक्षा केन्द्र कायम भएकाे रेडस्टार मा.वि.परीक्षा केन्द्रमा सहभागी विभिन्न विद्यालयका छात्र छात्राहरूलाई पनि सफलताकाे शुभकामना प्रदान गरेका थिए। केही महिना अगाडि हाँस्य कलाकार मनोज गजुरेलले हाँस्य प्रस्तुति मार्फत उत्प्रेरणा प्रदान गरेको प्रबन्ध निर्देशक तथा प्राचार्य टिएन तिम्सिनाले जानकारी दिनुभयो।
उक्त कार्यक्रमको सञ्चालन ऋतम्भरा बहुमुखी क्याम्पस बि.बि.एस.दाेस्राे बर्षमा अध्ययनरत छात्रा कृतिका भट्टराईले सञ्चालन गरेकी थिइन्।
एस.ई.ई. र कक्षा १२ काे बाेर्ड परीक्षामा यस क्षेत्रमै निरन्तररुपमा सर्वाेत्कृष्ठ नतिजा प्राप्त गर्न सफल उक्त विधालयले विद्यार्थी,शिक्षक र अभिभावकहरुका लागि विभिन्न उत्प्रेरणात्मक तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे छ।