२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

विद्यार्थी अभावले पथरी शनिश्चरेका तीन विद्यालयको घटुवा, एउटालाइ मर्ज गरिदै

Author Uttari Morang
शनिबार, बैशाख ०६, २०८२
विद्यार्थी अभावले पथरी शनिश्चरेका तीन विद्यालयको घटुवा, एउटालाइ मर्ज गरिदै

पथरी शनिश्चरे नगरपालिका अन्तरगत शिक्षा समितिको बैठकले विद्यार्थी संख्या कम भएका केही विद्यालयहरुको कक्षा घटुवा गर्ने र एउटा विद्यालयलाइ बन्द गरी मर्ज गर्ने निर्णय गरेको छ ।
बैठकले विद्यार्थी संख्या कम भएको वडा नं. ४ को सिद्धार्थ आधारभूत विद्यालयलाई बन्द गरी मर्च गर्ने, सामाजिक आधारभूत विद्यालय वडा नं. ३ लाई कक्षा ८ बाट घटाएर ५ सम्म बनाउने, वडा नं. ८ को मिलन आधारभूत विद्यालयलाई कक्षा ५ बाट घटाएर ३ सम्म कायम गर्ने र वडा नं. ९ को सिरिजंगा आधारभूत विद्यालयलाई कक्षा ५ बाट घटाएर ३ सम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।
शिक्षा समितिको बैठकले नगरपालिकाले लिएको निदानात्मक परीक्षा तथा कक्षा ८ को परीक्षाफलको बिषयमा विद्यालयहरुसँग स्पष्टीकरण माग गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी पतरी शनिश्चरे नगरकार्यपालिकाको शनिबार नै भएको बैठकले निजी विद्यालयहरुले अनिवार्य प्रदान गर्नुपर्ने छात्रवृत्र् िप्रदान गर्नका लागि वडा कार्यालयबाट अनिवार्य विपन्न वर्गको विद्यार्थी भनी प्रमाणित गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८२ नगरपालिका भित्रका विभिन्न वडाका खेल मैदानहरुमा एकैसाथ भव्य र सभ्य रुपमा सञ्चालन गर्ने लगायतका निर्णयहरु पारित गरेको नगर प्रवक्ता नवीन कार्कीले जानकारी दिए ।

शिक्षकको गैरकानुनी हाजिरी प्रदर्शन, स्थानीय सरकार र राज्य किन चुपचापरु — इक्ल्भउब
ि