२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा सम्पन्न

Author Uttari Morang
सोमबार, बैशाख २९, २०८२
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा सम्पन्न

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं साधारणसभा  सुन्दरहरैंचा–१० स्थित बाघझोडा पर्यटकीय स्थलमा  सम्पन्न भएको छ ।

प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता एवम्  उद्योग बाणिज्य संघ प्रदेश उपाध्यक्ष भीम पौडेल, संघका पूर्व अध्यक्ष नवराज चापागाईं र भोलेश्वर दुलाल विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय उद्योग, व्यापार तथा पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आयोजना गरिएको यस सभामा संघका पदाधिकारी, व्यापारी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संघको भावी योजना र रणनीतिबारे विस्तृत छलफल भएको छ । विशेषगरी, स्थानीय उत्पादन प्रवद्र्धन र पर्यटकीय सम्भावनाको सदुपयोगलाई प्राथमिकतामा राखेर नीति निर्माण गरिएको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदानस्वरूप पत्रकार शिव भट्टराईलाई विशेष सम्मान गरिएको छ ।त्यसैगरी कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने मोहनलाल श्रेष्ठ, खेल क्षेत्रमा दीपक खड्का लगायतलाई सम्मान गरिएको थियो ।