२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न बेलबारी उद्योग वाणिज्य संघको अपिल

Author Uttari Morang
आइतबार, आश्विन ०५, २०८२
सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न बेलबारी उद्योग वाणिज्य संघको अपिल

बेलबारी उद्योग वाणिज्य संघले सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई अपिल गरेको छ।
देशभर युवापुस्ता जेन–जेड (Gen-Z) द्वारा सञ्चालित आन्दोलनले पारदर्शिता, जवाफदेहिता र सुशासनप्रतिको अपेक्षा थप सबल बनाएको भन्दै संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा सम्पूर्ण उद्योग व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गरी दैनिक उपभोग्य वस्तुको सुरक्षित आपूर्ति गर्न आग्रह गरिएको छ। आसन्न चाडपर्वका अवसरमा कृत्रिम अभाव सिर्जना नगर्न, अनावश्यक मूल्यवृद्धि नगर्न र म्याद गुज्रिएका वस्तु वितरण नगर्न उद्योगी–व्यवसायीलाई अनुरोध गरिएको छ।
संघले बेलबारी नगरपालिकाका प्रदेशसभा सदस्य, नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्य तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेन्जी पुस्ताले देखाएका मूल्य–मान्यताप्रतिको प्रतिबद्धतालाई संघले उच्च सम्मान व्यक्त गरेको छ।
विज्ञप्तिमा स्थानीय बासिन्दाको अपेक्षाअनुरूप सेवा तथा विकासका कामलाई निरन्तरता दिन राजीनामा दिनुभएका जनप्रतिनिधि तथा संघ–संस्थाका प्रतिनिधिहरूलाई पुनः आफ्नो जिम्मेवारीमा फर्की समुदायका अधुरा कार्यलाई निरन्तरता दिन अनुरोध गरिएको छ।