२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

पाथिभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा

Author Uttari Morang
शनिबार, आश्विन २५, २०८२
पाथिभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा

मोरङ पथरी शनिश्चरे -३ काे आदर्श टाेलमा रहेको पाथभरा महिला नौमती बाजा समूहको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।
आज शुक्रबार पथरी शनिश्चरे -३ आदर्श टोलमा रहेको जलेश्वर महादेव मन्दिरको प्राङ्गणमा सो समूहको सभा सम्पन्न भएको हो।
समूहकी अध्यक्ष तेजमाया कार्कीको अध्यक्षतामा भएको सो सभामा बौद्धिक व्यक्तित्व एवम् पञ्चायत माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले नेपालमा प्रचलित मौलिक तथा लोक बाजाहरू मार्फत एक अर्काको सामाजिक एकता र सद्भाव कायम राख्न महिला नौमती बाजा समूहले पछिल्लो पुस्तालाई पनि सांस्कृतिक समतामूलक समाजको स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिनुभएको छ। यो समूहको गतिविधिहरू समाजका सबै नागरिकको जागरण र परिवर्तनका लागि संवाहक बन्नै बताउनुभयो।

सभामा अर्का स्थानीयबासी कुमारबहादुर पौडेलले जसरी नौमती बाजा समूहले आफ्नो गतिविधिलाई यहाँसम्म सञ्चालन गरेर ल्याउनुभयो, त्यसैगरी आगामी दिनमा निरन्तर संचलन गर्न पनि सुझाव दिनुभयो।

सोही कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष विजयकुमार लिम्बुले हाम्रो परापूर्व कालको पुर्ख्यौली बाजा लोप हुँदै गएकाले पुनर्जागरण तथा संरक्षण गर्नका लागि हामी सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले वडाको तर्फबाट आफूले गर्न सक्ने सहयोग गर्ने पनि प्रतिबद्धता जाहेर गर्नुभयो।
सभामा कोषाध्यक्ष मन्जु दहालको तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष अध्यक्ष तेजमाया कार्कीले भावी योजनाका बारेमा पनि प्रतिवेदन पेश गर्नुभएको थियो। समूहले २ लाख ६२ हजार रूपैयाँ बढी कुल वार्षिक आम्दानी भएको र १ लाख ९३ हजार कुल खर्च भएको सचिव यज्ञनिधि ढुंगाना ‘दिपक’ले बताउनुभयो। सभामा शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, समुहकी उपाध्यक्ष जानुका भण्डारी, पूर्व वडाध्यक्ष डम्बर चेम्जोङ,वाजा गुरु नरबहादुर महते, जलेश्वर शिवालय मन्दिरका अध्यक्ष चुडाकर्म तुम्वापाेले आफ्नो शुभकामना मात्र राख्नुभएको थियो।