२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारीको डेल्टा इंग्लिस स्कुललाइ अन्तर्राष्ट्रिय अवार्ड

Author Uttari Morang
बुधबार, आश्विन २९, २०८२
बेलबारीको डेल्टा इंग्लिस स्कुललाइ अन्तर्राष्ट्रिय अवार्ड

बेलबारीको डेल्टा इंग्लिस स्कुल अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित भएको छ।

एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा मलेसियामा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा अवस्थित डेल्टा इंग्लिस स्कुलले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।

सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न कार्यक्रममा डेल्टा इंग्लिस स्कुललाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको थियो । अवार्डका लागि नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायतका देशका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरु छनौट भएका थिए ।

अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक अध्यक्ष पर्वत राई गत हप्ता सिंगापुर, थाइल्याणड हुँदै मलेसिया पुगेका थिए ।  राई निजी विद्यालयहरुको साझा छाता संगठन नेसनल प्याब्सनको पालिकाको नेतृत्व गर्दै हाल मोरङ जिल्ला कार्यसमिति उपाध्यक्ष र केन्द्रीय उप-समिति अन्तर्गत इभेन्ट म्यानेजमेन्टका सदस्यका रूपमा सक्रिय रहँदै आएका छन ।