२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नेपाली कांग्रेस प्रदेश उपसभापति मनोज खड्काले छाडे पार्टी

Author Uttari Morang
शनिबार, बैशाख २६, २०८३
नेपाली कांग्रेस प्रदेश उपसभापति मनोज खड्काले छाडे पार्टी
नेपाली कांग्रेस केराबारीमा लामो समय देखि राजनीतिमा लागेर सामाजिक क्षेत्रमा सक्रिय रहेका केराबारी ८ का मनोज खड्काले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।
सामाजिक संञ्जाल फेसबुक पेज मार्फत खड्काले पार्टीको कुनैपनि जिम्मेबार पदमा नरहने जनाउदै राजिनामा दिएको बताएका हुन् । यदपी उनको राजिनामा बारे पार्टीमा औपचारिक कुनैपनि जानकारी नआएको नेपाली कांग्रेस केराबारीका उपाध्यक्ष प्रकास बस्नेतले बताएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशका उपाध्यक्ष समेत रहेका खड्का केराबारी वडा नं.८ का पूर्व वडाध्यक्ष हुन् । नेपाली कांग्रेसमा आवद्ध भएपनि खड्का केराबारीको सामाजिक क्षेत्रमा सक्रिय र प्रभावशाली व्यक्तिको रुपमा परिचित छन् ।
सामाजिक संञ्जाल फेसबुकमा खड्काले कुटनीतिक भाषा प्रयोग गर्दै फेसबुक पेजमा लेखेका छन देश परिवर्तनका लागि सवै श्रमजिवी हुनै पर्ने भएकोले आजको दिन देखि सवै राजनैतिक जिम्वेबारीहरुवाट बिदा हुँदै स्वतन्त्र नेपाली कृषक हुने निर्णय सहित जय कृषी कर्म ।