केराबारीमा साकेला सिलीसहित सुन्निमा पारुहाङको सालिक अनावरण
Uttari Morang
यले सम्वत ५ हजार ८६ तथा साकेला उभौलीको अवसरमा केराबारीमा साकेला सिली प्रदर्शनीसहित सुन्निमा पारुहाङको विशाल सालिक अनावरण भएको छ।
केराबारी गाउँपालिकाद्वारा साढे छ लाख को लागतमा खरिद गरी हस्तान्तरण गरिएको मानव आकृतिभन्दा ठूलो अर्धकतको सुन्नीमा र पारुहाङको सालिक अनावरण गरिएको हो। सो सालिकको बेस निर्माणका लागि ३ लाख दाताहरूको सहयोग करिब १० लाखको लागतमा निर्माण गरिएको शालिकको कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले शुक्रबार अर्थात् २०८३ जेठ १ गते अनावरण गरेका थिए । किराँत राई यायकखाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तिलक प्रसाद राई, केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, किरात राई खाका केन्द्रीय उपाध्यक्ष डोपेध्वज राई लगायतको विशेष अतिथ्यतामा र उज्ज्वल चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई आएका मोरङका अध्यक्ष केदार राई, जिल्ला कोषाध्यक्ष सुभद्रा राई, ८ का वडा अध्यक्ष कमल बस्नेत, किरात याक्थुङ चुङ्लुङ केराबारीका अध्यक्ष हस्त लिवाङ आदिवासी जनजाति महासंघ केराबारीका अध्यक्ष प्रेम लावती लगायत या यो खा पथरी सुन्दरहरैचा , केराबारी लगायत विभिन्न वडाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै किराँत याक्थुङ चुम्लुङका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तिलक प्रसाद राईले प्रकृति पुजक किराँतहरूको संस्कृति अहिलेको राजनीतिक परिपाटी र कार्यशैली भन्दा उन्नत रहेकोले अहिलेका राजनीतिज्ञहरूले बाट धेरै सिक्नुपर्ने बताए। 
केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचङ मगरले केराबारी गाउँपालिकाले किराँत मगर लिम्बु लगायत सबै जातजाति र धर्मावलम्बीहरूको लागि सहयोग गर्दै आएको र भविष्य रहने बताए संघीय सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने अभियान सुरु गरेपछि धेरै जनताहरू त्रसित भएपनि वै व्यवस्था बिना गाउँपालिकाले तत्काल कसैको घर र सार्वजनिक स्थल नभत्काइने तर सुकुम्बासीको नाममा सार्वजनिक जग्गामा राज गर्ने हुकुम्बासीहरु विरुद्ध भने गाउँपालिकाले कारबाही गर्न पनि सक्ने बताए ।
साकेला सिलीको प्रदर्शनीले भरिएको साकेला थान परिसरमा मेला समेत लागेको थियो कार्यक्रममा किरात राई यहाँ यो खा पथरी , सुन्दर ह रैचा र केराबारी तथा के विभिन्न वडाका टोलीहरूले साकेला सिली प्रस्तुत गरेका थिए
सोही कार्यक्रममा केराबारी गाउँपालिका लगायत विभिन्न दाताहरूलाई समेत सम्मान गरिएको थियो। स्थानीय किरात समुदायको उल्लेख्य सहभागिता र कार्यक्रममा साकेला सिली नृत्य प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो।






