२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

अटो सफारी चलाउँदै चारपटक वडध्यक्ष बनेका पुर्व जनप्रतिनिधि

Author Uttari Morang
सोमबार, जेठ २५, २०८३
अटो सफारी चलाउँदै चारपटक वडध्यक्ष बनेका पुर्व जनप्रतिनिधि

चारपटकसम्म जनप्रतिनिधि बनिसकेका र पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ का निवर्तमान वडाध्यक्ष कपिलमणि ढकालले  श्रम र सादगीपनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।

उनी हिजोआज प्र–१–०२–००५ ह ५२१४ नम्बरको निलो रंगको सफारी (अटो) चलाउँदै सडकमा भेटिन्छन्। नेकपा (एमाले) मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका ५८/५९ वर्षीय ढकालको यो दैनिकीले यतिबेला स्थानीय स्तरमा धेरैको ध्यान तानेको छ।
​पञ्चायतकालको कठिन परिस्थितिदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका कीर्तिपुर निवासी ढकाल, राजकीयसत्ता र राजनीतिक जिम्मेवारीमा रहँदा पनि कहिल्यै सुकिलोमुकिलो र ठालूपनको पछि लागेनन्। जीवनको उत्तरार्धको आरम्भमा पनि उनी डटेर श्रममा लागेका छन्। बजारमा कम्युनिष्ट चरित्र र नैतिकताको खडेरी परिरहेका बेला ढकालको यो कदमलाई स्थानीयले ‘असल कम्युनिष्ट पात्र’ को जीवित दृष्टान्तका रूपमा लिएका छन्।
​ढकालका अनुसार यो सफारी चलाउनु केवल आर्थिक उपार्जनको माध्यम मात्र होइन, बरु जनतासँग प्रत्यक्ष जोडिने र समाजको यथार्थ बुझ्ने महत्त्वपूर्ण औजार पनि हो। “छोराका लागि किनेको यो गाडी घरिघरि आफैं लिएर हिँड्छु। मेरो सम्बन्ध र सम्पर्क अलिक फराकिलो भएकोले साथीभाइहरू आइहाल्नुहुन्छ, यसबाट थप सम्पर्क र सम्बन्ध बिस्तार हुन्छ,” ढकाल भन्छन्, “बसिबियाँलो पनि भयो। दौँतरीसँग भेट हुँदा सबैखाले कुराकानी हुन्छन्। यसबाट पनि राजनीति भइरहेको छ।”