खुल्यो ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि., बिदेश सामान पठाउनु परे सम्झनोस् है
Uttari Morang
नेपालबाट अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर क्षेत्रमा काम गर्दै छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेकाठमाडौमा ट्रेड भिजन कार्गो एण्ड कुरियर सेवा सञ्चालनमा@ आएको छ ।
काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासस्थित कार्यालयमा शनिबार कार्गो एण्ड कुरियर उद्घाटन भएको हो ।
प्रबर्द्धनक संस्था ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा चर्चित गायिका सरिका घिमिरेको आतिथ्यतामा रिबन काटेर कार्गो एण्ड कुरियर सेवाको कार्यालय उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा उडान कार्गो, सारथी कार्गो, युनिका कार्गो, नेपाल रक्तदाता संघका प्रतिनिधि, नेपाल चलचित्र पत्रकार संघकी गीता अधिकारी, गायक गौरव दर्पण, व्यवसायी युवराज श्रेष्ठ, गोपाल बिष्ट लगायत विभिन्न व्यवसायिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा, व्यवसायी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले नवस्थापित कार्गो एण्ड कुरियर कम्पनीको सफलताको कामना गर्दै आगामी दिनमा संस्थाले गुणस्तरीय, भरपर्दो तथा ग्राहकमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
सरोज बास्तोलाको नेतृत्व तथा सञ्चालनमा अघि बढेको यस कम्पनीले नेपालबाट विश्वका विभिन्न मुलुकहरूमा सुरक्षित, भरपर्दो र छिटो कार्गो तथा कुरियर सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।
लामो समय प्रवास जीवन बिताएर स्वदेशमै केही गर्ने उद्देश्यका साथ व्यवसायिक यात्रामा अघि बढ्नुभएका बास्तोला विगतमा कतारस्थित नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित छन् । पत्रकारिता, सामाजिक सेवा तथा रक्तदान अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका बास्तोलाले विभिन्न समयमा नेपाल पत्रकार महासंघ कतार, मोरङ–सुनसरी सेवा समाज, एनआरएनए कतार तथा नेपाल रक्तदाता संघ नेपाल लगायत संस्थासँग आबद्ध रही सामाजिक कार्यमा योगदान पुर्याउँदै आएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दैट्रेड भिजन इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष विनोद भट्टराई तथा गायिका सरिका घिमिरेले नयाँ व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै कम्पनीलाई सेवामुखी, विश्वसनीय तथा ग्राहकको पहिलो रोजाइ बन्ने गरी अगाडि बढ्न सुझाव दिएका छन् ।
नयाँ कम्पनीका सञ्चालक सरोज बास्तोलाले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, शुभेच्छुक, स्थानीयवासी तथा सहयोगी संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै “सरल, सहज र सुरक्षित ढंगबाट नेपालबाट विश्वभर सामान पठाउने सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।
कम्पनीले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ, युरोपेली मुलुकहरू तथा मध्यपूर्वका विभिन्न देशहरूमा कार्गो तथा कुरियर सेवा सञ्चालन गरिरहेको छ तथा आगामी दिनहरूमा सेवा विस्तारलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
हाल कम्पनीको मुख्य कार्यालय बालाजु बाइपास, काठमाडौंमा रहेको छ भने सम्पर्क तथा सेवा समन्वयका लागि घट्टाघर–भक्तपुर, ग्वार्को–ललितपुर, बागबजार–काठमाडौं, इटहरी–सुनसरी तथा विराटचोक–मोरङमा समेत सम्पर्क केन्द्रहरू रहेको जानकारी दिइएको छ।






