२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

केराबारी गाउँपालिकाद्वारा रिटर्नी युवाहरुलाई कृषि सामग्री तथा प्रविधि वितरण

Author Uttari Morang
शुक्रबार, आषाढ १९, २०८३
केराबारी गाउँपालिकाद्वारा रिटर्नी युवाहरुलाई कृषि सामग्री तथा प्रविधि वितरण
केराबारी गाउँपालिकाले रेमी परियोजना अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) व्यक्तिहरुलाई कृषि मार्फत देशमै उद्यमशिल बनाउन माग तथा
मुल्याङ्कनका आधारमा केराबारीका विभिन्न वडाका कृषकहरुलाई ७५% अनुदानमा विभिन्न प्रकारका कृषि, लघुउद्यम तथा पशुपालन सम्बन्धि प्रविधि हरु वितरण गरेको छ ।
असार १६ गते गाउँपालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षता,प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठको प्रमुख आतिथ्यता र प्रवक्ता नारायण प्रसाद भुजेलको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न वडाका कृषकहरुलाई ७५% अनुदानमा कृषि, लघुउद्यम तथा पशुपालन सम्बन्धि प्रविधिहरु वितरण गरिएको हो । वितरण गरिएका सामग्रीहरुमा च्यापकटर-१४, थान, हाते ट्याक्टर- ३ थान,साधारण टनेल १५ थान, युभि टनेल ३० थान, मल्चिङ प्लास्टिक २५ थान, ग्रिन नेट जाली १० थान इलेक्ट्रिक स्प्रेयर २० थान, कम्बाइन मिल- १ थान,तौल मापक यन्त्र- २ थान, इलेक्ट्रिक मेज सेलर- १ थान र सिङ्गल मिल्किङ मेसिन – १ थान रहेका छन । उक्त कार्यक्रममा सम्बन्धित शाखाका कर्मचारीहरु तथा कृषकहरुको उपस्थिति थियो ।