२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
पूर्वी नेपाल

करोडौं लागतमा पथरीमा बन्यो स्वास्थ्य चौकी भवन ,दुई बर्षभित्र ५० शैयाको अस्पताल बनाइने

Author Uttari Morang
बुधबार, साउन १६, २०७५
करोडौं लागतमा पथरीमा बन्यो स्वास्थ्य चौकी भवन ,दुई बर्षभित्र ५० शैयाको अस्पताल बनाइने

पथरीशनिश्चरे /मोरङको पथरीशनिश्चरे २ छयालिस विघेमा निर्मित स्वास्थ्य चौकी भवनको बहुँसांस्कृतिक झाँकी सहित  उद्घाटन गरिएको छ ।

भर्खरै नगरपालिकाले घोषणा गरेको नगरको पहिलो जाती धिमालको धिमाल नृत्यका साथै सन्थाल, साकेला, च्याब्रुङ, संगीनी र बालन प्रस्तुतिका साथ भवनको उद्घाटन् गरिएको हो । सो अवसरमा नगरकै पहिलो प्रसुति केन्द्रको पनि उद्घाटन् भएको छ ।

१ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवनको १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले उद्घाटन् गर्नुभयो । यसअघि १ नम्वर वडाको पथरी बजारमा रहेको सानो भवनमा सञ्चालन हुँदै आएको थियो ।

स्थानीयको ठूलो उत्साहमा आयोजित समारोहमा ४ करोड बढी मुल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गर्ने ११ जना जग्गादातालाई ताम्रपत्र र दोसल्लाले सम्मानित गरिएको छ । बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले ३/३ कठ्ठा, श्रीनारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहालले १/१ कठ्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ्ग, यक्षप्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०/१० धुर जग्गा दान गर्नुभएको थियो ।

१ नम्वर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले सम्मानित गर्नुभयो । स्वास्थ्य चौकीको भवनको पहल गर्ने तात्कालिन मोरङका जनस्वास्थ्य अधिकृत डाक्टर नवराज सुब्बा, हसन्दह निवासी सन्तोष घिमिरे र पथरी गाविसका पूर्व सचिव मोहन भट्टराईलाई सम्मानपत्रले सम्मानित गरिएको छ ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले अबको २ बर्ष भित्रमा ५० सैयाँको पथरी प्राथमिक अस्पतालको समेत निर्माणको पहल भइरहेको बताउनु भयो । अस्पताल निर्माणका लागि पनि जग्गादाताहरुले जग्गा दान गर्ने बचनबद्घता दिएको आचार्यले जनाउनु भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले जग्गादाता दानवीरहरुको साथ र सहयोगमा आज नगरले स्वास्थ्य केन्द«को भवन निर्माण गर्न सफल भएको भन्दै सवैमा धन्यवाद दिनुभयो ।

स्वास्थ्य चौकीमा सरकारी दरबन्दीमा ८ जना स्वास्थ्यकर्मीहरु रहने भएका छन् । नगरको श्रोतबाट ४ जना प्रसुति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य ४ जना कार्यालय सहयोगीहरु समेत रहने बताईएको छ । स्वास्थ्यचौकी हुँदै अस्पताल निर्माणको योजना अघि बढेको सो क्षेत्रमा नगरपालिकाले नमूना शहरको अवधारणा अघि सारेर केही काम थालेको छ ।