२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

निसहाय सेवा सदनमा भब्य रूपमा मनाइयो ‘सम्झनामा मेरी आमा’ कार्यक्रम

Author Uttari Morang
आइतबार, बैशाख २२, २०७६
निसहाय सेवा सदनमा भब्य रूपमा मनाइयो ‘सम्झनामा मेरी आमा’ कार्यक्रम

मुना न्यौपाने । मातातीर्थ औँसीको पावन अवसरमा बानेश्वरस्थित निसहायक सेवा सदनमा सम्झनामा मेरी आमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

लायन्स क्लब अफ इन्द्रावतीको आयोजना तथा शान्ति, समृद्धि र दिगो विकासको लागि मानवीय कार्य (ह्याप्प)को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ इन्द्रावतीका चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेतको सभापतित्वमा समपन्न उक्त कार्यक्रमको वरिष्ठ समाजसेवी एवं निसहाय सेवा सदनकी अध्यक्ष सगुन शाहको प्रमुख आतिथ्यता थियो ।

सो कार्यक्रममा विशेष अतिथिमा प्रेस काउन्सिल नेपालका मुख्यअधिकृत झविन्द्र भुसाल, लायन्स क्लब अफ पिंगलास्थानका विमलाकुमारी श्रेष्ठ भण्डारी, हजुरआमा क्लबकी उपाध्यक्ष एवं समाजसेवी अनुराधा खकुरेल, नेपाल आर्य समाजका संस्थापक नारायणबहादुर श्रेष्ठ, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन सम्झना पौडेलले गर्नुभएको थियो भने अतिथिहरुलाई स्वागत मन्तव्य लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका अध्यक्ष प्रल्हाद बस्नेतले राख्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले बात्सल्यमय आमाको भूमिका कहिल्यै बिर्सन नहुने बताउँदै मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरुलाई स्मरण गर्दै सम्पूर्ण आमाहरुप्रति नमन गर्नुभयो  ।
निसहाय सेवा सदनकी अध्यक्ष सगुन शाहले विभिन्न संघसंस्थाले आमाहरुलाई सद्भाव राख्दै कार्यक्रम आयोजक संस्थाप्रति धन्यवाद दिनुभयो ।
त्यस्तै, लायन्स क्लब अफ इन्द्रवतीका अध्यक्ष प्रल्हाद बस्नेतले लायन्स क्लब इन्द्रवतीले आमाहरुप्रति सद्भाव र आशीर्वाद प्राप्त गर्न यस्ता खाले कार्यक्रमहरु आगामी दिन निरन्तर रुपमा गर्दै जाने बताउँदै सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
सहभागिताहरुलाई खादा तथा माला लायन्स क्लब अफ इन्द्रावतीको कोषाध्यक्ष शोभा केसी र सृष्टि खड्काले लगाइदिनुभयो । साथै, आमाहरुलाई टिका हजुरआमा क्लबकी उपाध्यक्ष एवं समाजसेवी अनुराधा खकुरेलले लगाइदिनुभयो ।
कार्यक्रममा सो सेवा केन्द्रमा रहेका ४० भन्दा बढी जेष्ठ आमाहरुलाई सामुहिक टिका दक्षिणासहित भोजन तथा मिठाई वितरण गरिएको थियो ।