२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

अमेरिकामा भएको सडक दुर्घटनामा परी मोरङका एकै परिवारका तीनजनाको मृत्यु

Author Uttari Morang
बिहिबार, भाद्र १९, २०७६
अमेरिकामा भएको सडक दुर्घटनामा परी मोरङका एकै परिवारका तीनजनाको मृत्यु
अमेरिकास्थित मिजौरीको इन्टस्टेेेशट ४४ मा मंगलवार भएको सडक दुर्घटनामा बिराटनगरका तीन जना नेपालीको ज्यान गएको छ ।
दुर्घटनामा मृत्यु हुने श्रद्धा खनाल ओझा, उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनाल रहेकोे स्थानिय जोप्लिन पुलिस डिर्पामेण्टले जनाएको  छ ।
श्रद्धाका पति प्रभास ओझाले चलाएको कारलाई पछाडिबाट अर्को गाडीले ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रद्धा सहित कारमा सवार उनका बाबु र आमाको दुर्घटना स्थलमै मृत्यु भएको र प्रबास र उनका छोरा घाइते भएको परिवार निकट स्रोतले जनाएको छ ।
घाइते भएका चालक प्रभास र छोरालाई भने प्रहरीको उद्दार टोलीले उपचारका लागि स्थानिय अस्पतालमा लगेको थियो । उनीहरु दुवैको  स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ।
 मंगलवार दिउसो करिव ३ बजे प्रिगमोर एभेन्यूमा दुई गाडी ठोकिएर गम्भिर दुर्घटना भएको थियोे भने प्रहरीको उद्धार टोलीले दुर्घटनामा पर्नेको उद्दार गरेको थियो ।
श्रद्धा अमेरिकाको डिभी परेर अमेरिका गएकी थिइन् । उनको उतै प्रभाससँग बिवाह भएको थियो । उनका बाबू गोबिन्द र शान्ता गत असारमा छोरी ज्वाइँ भेट्न अमेरिका गएका थिए । गोबिन्द बिराटनगरका चर्चित पुरोहित समेत हुन्  ।