२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कृषि/सहकारी

गाेल्डेन फ्युचर सहकारीको सातौं साधारणसभा सम्पन्न, मर्जरमा जाने योजना पारित

Author Uttari Morang
शनिबार, कार्तिक २३, २०७६
गाेल्डेन फ्युचर सहकारीको सातौं साधारणसभा सम्पन्न, मर्जरमा जाने योजना पारित

मोरङ बेलबारी २ मा रहेकाे गाेल्डेन फ्युचर वचत तथा ऋण सहकारीले एउटै प्रकृतिका सहकारीसँग मर्जरकाे प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै साताैं साधारणसभा सम्पन्न गरेकाे छ ।

शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानकाे सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए ।

सेयर सदस्यलाई लाभ हुने पेन्सन वचत समेत संचालन गर्दै आएकाे संस्थाले बेलबारी २ मा रहेका तीनवटा सहकारीहरुविच मर्जरमा जाने योजना अघि सारेको छ ।

साताै साधारणसभामा बेलबारी नगरकार्यपालिका सदस्य खिना थापा, वार्ड सदस्य कृष्ण लिम्बू, बेलबारी बहुउद्देस्यीय सहकारीका अध्यक्ष प्रताप थापा, शिक्षा सन्देश स्कुलका प्रिन्सिपल राजेश खत्री, बागदेवी सामुदायिक वनका अध्यक्ष फणिन्द्रबहादुर थापा, लगायतकाे उपस्थिति थियाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले एउटै उद्देश्य लिएका सबै सहकारीहरुलाई मर्जरकाे प्रकृयाबाट अगाडि वढ्न आग्रह गरे ।
साधारणसभामा संंस्थाका ससचिव पुष्पराज भण्डारीले कार्यसमितिको तर्फबाट तयार पारेकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी काेषाध्यक्ष शिवकुमार रुपाखेतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साे अवसरमा वर्षभरि उत्कृष्ट रुपमा काराेवार गर्ने असल काराेवारी तथा असल ऋणि लगायत विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएकाे थियाे । अध्यक्ष लक्ष्मणजङ्ग थापाकाे अध्यक्षतामा सम्पन्न साधारणसभाकाे संचालन सचिव पुष्पराज भण्डारीले गरेका थिए ।