२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

Author Uttari Morang
शनिबार, पुष २६, २०७६
कृषकहरुलाई ब्यबशायिक बनाउने योजना बनाउँदै मोरङका स्थानिय तहहरु 

कृषकहरुलाई ब्यबशायिक बनाउन पछिल्लो समय स्थानिय तहहरु सक्रिय भएर लाग्न थालेका छन् ।

दिन प्रतिदिन महंँगी बढ्दै जान थालेसंँगै स्थानियतहहरु ब्यासायिक बनाउन तालिमदेेखि विउ बिजन समेत वितरण गरिरहेका छन् ।

मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका र केराबारी गाउँपालिकाले कृषि ब्यबशायलाइ प्रबर्द्धन गर्न विभिन्न प्रकारका तालिम संचालन गर्दै आएका छन् ।

बेलबारी नगरपालिकाले एक वडा उत्पादनको कार्यक्रम घोषणा गरेसंँगै अहिले वडाहरुले ब्याबसायिक खेतिमा ध्यान दिन थालेका छन् ।

एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत बेलबारी वडा नम्बर १ ले कृषकलाई ब्याबसायिक बनाउन च्याउ खेति सम्बन्धि तालिम सहित विउ वितरण गरेको छ । तिन दिन दिएको तालिममा १ सय ३९ जनाले सहभागिता जनाएका छन्  ।
सामुहिक खेतिको अभ्यास गराउन पहिलो चरण तालिम तथा विउ दिएको वडा सदस्य बिन्दु गुरुङले बताइन् ।
तिन दिनसम्म च्याउका प्रजाति, च्याउ खेति गर्ने तरीका, स्थाननिय कच्चा पदार्थ तथा त्यसको प्रयोग सिकाइएको थियो । प्रयोग सहित सहभागीहरुलाई च्याउ एको बेलबारी कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । कृषकहरुले समेत तालिमलाई सिपमा उतार्ने बताएका छन ।