२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु

Author Uttari Morang
शुक्रबार, फाल्गुण ०९, २०७६
जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु

मोरङको केराबारी गाउँपालिका ९ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

केराबारी ९ बेलचौरी निवासी ६३ वर्षिय लेखमाया गुरुङको बुधवार राती जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।
गुरुङलाई बेलचौरीमै रहेको खानेपानी ट्याङ्की छेउमा गएको बेेला हात्तीले आक्रमण गरेको थियो ।

बिहीबार बिहानको राती जंगली हात्तिको आक्रमणबाट गुरुङको  मृत्यु भएको स्थानीयबासीलेे बताए ।  कोही चिच्याएको आवाज सुनेपछि नजिकै गएर हेेेर्दा गाउँलेहरुले घटना थाहा  पाएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेेेका  थिए ।