२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

अपरिचितलाई टाेल प्रवेशमा राेक लगाउँदै मोरङ बेलबारीका स्थानीय बासिन्दा

Author Uttari Morang
मंगलबार, चैत्र २५, २०७६
अपरिचितलाई टाेल प्रवेशमा राेक लगाउँदै मोरङ बेलबारीका स्थानीय बासिन्दा

बेलबारी, माेरङ/ काेराेना दाेश्राे चरणमा प्रवेस गरेकाे भन्दै सरकारले लकडाउनलाई थप कडाई गर्दै एक प्रदेसबाट अर्काे प्रदेस आवत जावतमा वन्देज गर्ने बताईरहँदा स्थानीय बासिन्दा आफैंले गाउँगाउँमा एक टाेलबाट अर्काे टाेलमा ढाट लगाउन थालेका छन् ।

बेलबारी नगरपालिका वार्ड नं -२ अन्तरगतका आदर्शटाेल, कविरटाेल, त्रिवेणी टाेल लगायतका स्थानीयवासीले आ-आफ्नाे टाेलमा जाने मूख्य नाकामै ढाट लगाएर अरु टाेलबाट आउने मानिसलाई प्रवेस निषेध गरेका छन ।

काेराेनाले तेश्राे स्टेजमा प्रवेस गरेसँगै त्रासका कारणले आफूहरुले बाहिरका मानिसलाई टाेलमा प्रवेस निषेध गरेकाे स्थानीय युवराज सुन्चेउरीले बताए ।

विरामी बाेक्ने एम्वुलेन्स, तरकारी तथा दुधबाेक्ने गाडीलाई नराेके पनि बेकाममा टाेलटाेलमा भाैतिरिने, अपरिचितलाई भने टाेल प्रवेेसमा राेक लाउने उद्देश्य रहेकाे त्रिवेणी टाेल विकास संस्थाका अध्यक्ष समेत रहेका स्थानीय कुमार साेदेम्बा बताउँछन ।

यसरी टाेलटाेलका नाकामा ढाट लगाएपछि केही स्थानीयहरुले भने  विराेध जनाएका छन् । “ढाट लगाउने भए मूल सडकमा लगाउनु पर्याे” भन्दै विराेध जनाए पनि तर यस्ताे विषम परिस्थितीमा आफ्नाे टाेलमा अपरिचित मानिसलाई प्रवेसमा राेक लगाउने काम उचित रहेकाे टोल बिकास समितिका पदाधिकारीहरु बताउंँछन् ।