२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कृषि/सहकारी

कृषकहरुलाइ कागती लगायत विभिन्न फलफूलका विरुवा वितरण गर्दै बेलबारी नगरपालिका

Author Uttari Morang
शुक्रबार, जेठ ०९, २०७७
कृषकहरुलाइ कागती लगायत विभिन्न फलफूलका विरुवा वितरण गर्दै बेलबारी नगरपालिका

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाइ मेवा, केरा, सजिवन तथा कागतिका विरुवा वितरण सुरु गरेको छ ।

कृषकहरुलाई ब्याबसायिक बनाउने उदेश्यका साथ नगरपालिकाले निशुल्क बिरुवा वितरण गर्न सुरु गरेको हो । नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीकाा अनुसार एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषकहरुलागि टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका विरुवा वितरण गरेको हो । टिस्यु कल्चर प्रविधिबाट उत्पादन भएका विरुवाहरु राम्रो उत्पादन दिने तथा लामो समयसम्म टिक्ने बेलबारी नगरपालिकाका कृषि शाखाका प्रमुख बिनोद दाहालले बताए ।

नगरपालिकाले कृषकहरुलाई ४ हजार ६ सय मेवा वितरण गरीसकेको छ भने ८ हजार केरा तथा २५ सय सजिउन र २ नम्बर वडाले १ हजार १ सय कागतिका विरुवा वितरण गर्ने तयारी गरेका छन्  । बितरण गरिएका विरुवाले १३ बिगाहा भन्दा वढी क्षेत्रफलमा खेति गर्न सकिने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।