२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

निगुराे व्यवसायबाट मनग्गे आम्दानी लिँदै उत्तरी माेरङका महिलाहरु

Author Uttari Morang
शुक्रबार, आषाढ २६, २०७७
निगुराे व्यवसायबाट मनग्गे आम्दानी लिँदै उत्तरी माेरङका महिलाहरु

केशु विरही, माेरङ/ सुन्दरहरैंचाकी देवी भट्टराई बिहान उठ्नसाथ साईकल र बाेरा बाेकेर कानेपाेखरी र लेटाङकाे विचमा रहेकाे जङ्गलमा पुग्छिन् । अरु पनि थुप्रै साथिहरुसँँग  त्यहाँ पुग्नसाथ उनी साईकल सडक किनारमा राखेर जङ्गलमा पस्छिन र निगुराे टिप्न थाल्छिन् । नाै वजेसम्ममा त उनकाे निगुराेकाे भारी पुगिसकेकाे हुन्छ । जम्मा भएकाे निगुराे वेचेर उनी घर फर्किन्छिन् ।

उनले यही पेसाबाट पाँच जनाकाे परिवार पाल्दै अाएकी छिन । उनले निगुराे टिप्प्ने पेसालाई मूख्य पेसाकाे रुपमा लिदै अाएकी छिन । अर्काे कुनै भरपर्दाे पेसा नहुँदा निगुराे टिपेरै गुजारा गर्नु परेकाे उनी बताउछिन ।

बेलबारी -१० की सनममाया धिमाल हरेक दिन अाफ्नाे घरदेखि उत्तरमामा रहेकाे सिर्जना सामुदायिक वनमा पुग्छिन र निगुराे टिप्नथाल्छिन । उनले यसरी निगुराे टिप्न थालेकाे धेरै वर्ष भयाे । विगत लामाे समयदेखि उनी निगुराे टिप्दै अाएकी हुन । अझ भनाैँ याे उनकाे पुर्ख्याैली पेसा नै हाे । खेतिपाति मूख्य व्यवसाय रहे पनि निगुराेबाट अाएकाे पैसाले घरखर्चमा ठूलाे सहयाेग पुगेकाे उनी बताउछिन ।

माेरङकाे उत्तरी क्षेत्र विशेष गरेर बेलबारी, कानेपाेखरी, लेटाङ लगायतकाे क्षेत्र निगुराेकाे लागि प्रख्यात मानिन्छ । यहाँका अधिकांक्ष महिलाहरुले निघुराे टिप्ने कामलाई एउटा भरपर्दाे पेसाकाे रुपमा लिने गरेका छन् ।

यहाँकाे निगुराे स्थानीय बजारदेखि लिएर काठमाडाै सम्म पुग्नेगर्छ । तर लकडाउनले गर्दा यातयातका साधन चल्न नसक्दा ठूलाे समस्या रहेकाे स्थानीय व्यपारीहरु बताउछन । लकडाउनले त गर्दा अघिल्ला सालजस्ताे निगुराे विक्री नभएकाे उनीहरु बताउछन ।

स्थानीय बजारमा प्रतिमुठा २५-३० सम्म पर्ने निगुराे विशेष गरेर जेठ महिनादेखि लिएर भदाै असाेजसम्म पाईन्छ ।

हेर्दा साधारण तथा सहजजस्ताे लागे याे पेसामा जाेखिम र चुनाैति उत्तिकै रहेकाे बेलबारीकी सनममाया धिमालकाे अनुभव रहेकाे छ । सर्प, विच्छी तथा जङ्गली जनावरकाे डरले उत्तिकै सताउने गरेकाे उनी बताउछिन ।

लकडाउनले विद्यालय बन्द रहेपछि अहिले याे पेसामा विद्यार्थीहरुकाे समेत बाक्लाे सहभागिता देख्न सकिन्छ । कानेपाेखरीकाे जङ्गगलमा निगुराे टिप्दै गरेकाे अवस्थामा भेटिएका पन्चायत मावि पथरीमा कक्षा ९ मा अध्ययनरत एलिन क्षेत्री र सगुन राना मगर विद्यालय विदा भएकाेले अाफूहरु निगुराे टिप्न अाएकाे बताउछन ।

बेलबारीमा रहेकाे सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बू निगुराे व्यवसाय याे क्षेत्रका महिलाहरुका लागि एउटा भरपर्दाे पेसा बनेकाे बताउछन । ठूलाे सङ्ख्यामा गरिव तथा विपन्न महिलाहरु याे पेसामा अावद्ध रहेकाे बताउदै विधान तथा कार्ययाेजनामा निगुराेकाे कर उठाउने भनिए पनि उनीहरुकाे हितलाई मध्यनजर गरेर सामसदायिक वनले निगुराेलाई करकाे दायरामा नल्याएकाे अध्यक्ष लिम्बू बताउछन ।

अर्गानीक सब्जीकाे रुपमा चिनिने रिगुराे सबैले मन पराउने र प्राय सबैकाे भान्सामा पुग्नेगर्छ । तर पछिल्लाे समय यसमा रासायनिक मलकाे प्रयाेग हुन थालेकाे बताईन्छ । अर्गानिक सब्जीकाे रुपमा चिनिने निगुराेमा रासायनिक मलकाे प्रयाेग हुनु अाफैमा राम्राे काम हाेईन । यसतर्फ सबैकाे ध्यान जानू जरुरी छ ।