२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पत्रकार महासंघ कतारद्वारा पदपूर्ति, पुर्वेलीका सह सम्पादक बास्तोला सल्लाहकारमा चयन

Author Uttari Morang
शनिबार, साउन ०३, २०७७
पत्रकार महासंघ कतारद्वारा पदपूर्ति, पुर्वेलीका सह सम्पादक बास्तोला सल्लाहकारमा चयन

कतार /नेपाल पत्रकार महासंघ कतार शाखाले कार्य समितिका एवम् रिक्त अन्य पदहरुमा पदपूर्ति गरेको छ ।

कतार शाखाको शुक्रबार बसेको बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेललाइ चयन गरिएको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए ।

बैठकले पत्रकार महासंघ शाख कतार स्थापनार्थ योगदान पु¥याएका नेपाल पत्रकार महासंघ कतार शाखाका संस्थापक सदस्य तथा पूर्व सह सचिव  सरोज बास्तोलालाई सल्लाहकारमा मनोनित गरेको छ ।

बास्तोला सहित अन्य मनोनयन परेका सबै व्यक्तिहरु  विभिन्न सामाजिक संघसंस्था सहित पत्रकारितामा क्रियाशिल छन् । सल्लाहकार बास्तोला मोरङसुनसरी सेवा समाजका पूर्व अध्यक्ष एवम् पूर्व संरक्षकसमेत हुन् ।

पत्रकार महासंघ कतारले जुलाई १७ तारिखदेखि सदस्यहरुको सदस्यता नविकरण तथा नयाँ सदस्यहरुको आवेदन १५ दिनको लागि खुलाएको छ । उपाध्यक्ष नबराज बिकका अनुसार शुक्रबारकै बैठकले सो निर्णय गरेको हो ।