२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

Author Uttari Morang
आइतबार, साउन ०४, २०७७
माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

मोरङसुनसरी सेवा समाजको  आठौं शाखाको रूपमा माल्टा शाखा बिस्तार  भएको छ ।

यूरोपियन मुलुक माल्टामा रहेका मोरङ सुनसरीबासीहरुको भेलाले मोसुको नयाँ शाखा गठन भएको हो ।

नवगठित तदर्थ समितिमा तेज माझी संयोजक छन् ।
तदर्थ समितिमा चन्द्रकला राई उप संयोजक, सुवास तिम्सिना सचिव, सरिन कटुवाल सह– सचिव र सुजना खड्का कोषाध्यक्ष छन् । त्यसैैैगरी सदस्यहरुमा रोसन निरौला, जोनाधन मगर, अनु कडरिया, मन्जिल केसी,  मनिस गुरुङ र अस्मित रिजाल छन् ।

त्यसैगरी भेलाले सल्लाहकार : निरज ढकालको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ । जसमा शंकर राय र आकाश राजवंशी सदस्य छन् ।