२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

बिरुवा रोप्दै र मन्थन गर्दै धनकुटामा पनि मनाइयो ४२ औँ पुष्पलाल स्मृति दिवस

Author Uttari Morang
बिहिबार, साउन ०८, २०७७
बिरुवा रोप्दै र मन्थन गर्दै धनकुटामा पनि मनाइयो ४२ औँ पुष्पलाल स्मृति दिवस

धनकुटामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाको आयोजनामा जिल्लाका ६० वटै वडामा वृक्षरोपण तथा पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि श्रेष्ठको सम्झना गरिएको हो।

नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाको नेतृत्वमा जिल्लास्तरका नेता कार्यकर्ताले विभिन्न प्रजातिका बिरुवा रोपी पुष्पलाल र उनले गरेका योगदानको सम्झना गरेका थिए। पुष्पलालले वि.स. २००६ साल बैशाख १० स्थापना गरेको नेकपा विभिन्न चरणमा जुट्दै र फुट्दै अहिले नेकपासम्म आईपुगेको छ।

विसं १९९८ मा पुष्पलालले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए। माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली अनुवाद गरेका थिए। उनको २०३५ साल साउन ७ गते उपचारको क्रममा भारतमा निधन भएको थियो।