पूर्व प्रम सूर्य बहादुर थापा स्मृती गोल्ड कपको उपाधी ओक्मालुङ्ग फुटवल क्लवलाइ
Uttari Morang
धनकुटाको भीरगाउंँमा संचालन भएको पूर्व प्रधानमन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटाले चुम्न सफल भएको छ ।
शनिबार भएको फाईनल खेलमा धनकुटा भीरगाउंँको आयोजक टिम बैरे फुटवल क्लवलाई ट्राईबेकरमा हराउदै ओम्मालुङ्ग यूवा क्लबले गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी जितेको हो । बिजेता ओम्मालुङ्ग युवा क्लबले नगद १ लाख, कप र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजक बैरे फुटवल क्लवले उप विजेतामा चित्त बुझाउदै ५० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विजयी तथा उपबिजेता टिम र खेलाडहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, यूवा नेता तथा जन उत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राई, जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष गोविन्द्र राई, सयपत्री यूवा क्लव बैरे भीरगाउका संस्थापक अध्यक्ष यूवा नेता राज कुमार राई, नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि पुरन राई, एन्फाका प्रशिक्षक सरिन श्रेष्ठ, आयोजक क्लवका सचिव राजेन्द्र गुरागाई, आयोजक समितका यूवा संयोजक सन्तोष राई लगायतले नगद पुरस्कार, गोल्ड कप, मेडल र प्रमाण पत्र वितरण गरे ।
आयोजक सयपत्री यूवा क्लव भीरगाउंँ धनकुटाका संस्थापक अध्यक्ष राज कुमार राईको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा जिल्ला फुटवल संघका अध्यक्ष गोविन्द्र राई लगायतले नेपाललाई पहिचान गराउने खेलकुद भएकोले खेलकुदको विकास र विस्तारका लागि राज्यले लगानी गर्ने वताए ।
सात दिनसम्म संचालन भएक प्रतियोगिताको समुदघाटन प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनिल वहादुर थापाले गरेका थिए ।






