२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका

Author Uttari Morang
बुधबार, चैत्र ११, २०७७
लोपोन्मुख नौमती तथा पन्चेबाजाको संरक्षण एवम् प्रबर्द्धन गर्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले‍  लोपोन्मुख  नौमती र पन्चेबाजा लगायतका बाजागाजाको संरक्षण तथा प्रबर्द्धनका लागि  पहल थालेको छ ।

बिभिन्न शुभ कार्यहरु र शुभ साइतका लागि बजाइने लोपोन्मुख नौमती बाजाको संरक्षणसँगै बाजालाइ ब्याबसायिक बनाउन नगरपालिकाले पहल गर्न थालेको हो । नगरपालिकाले पन्चेवाजा संरक्षण समिति बेलबारी ११ लाई बाजा तथा पोशाक खरिद गरी हस्तान्तरण समेत गरेको छ ।

नगरपालिकाले दुई वटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाह, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली तथा नौमति बजाउनेहरुलाई एक एक थान कपडा बितरण गरेको हो ।

बाजाको माध्यमबाट रोजगारीको सुजना गर्ने तथा युवा पुस्तालाई नौमती बाजा बजाउन प्रोत्साहन गर्ने उद्देश्यले नौमति बाजा र पोसाक हस्तान्तरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नौमति बाजाको संरक्षणवाट नगरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दनमा सहयोग पुग्ने विश्वास समेत लिइएको सुवेदीको भनाई छ ।

नौमति बाजा पाएको पन्चेवाजा संरक्षण समितिले भने लोपहुदै गएको संस्कार संस्कृतिको संरक्ष्ण सगै ब्याबसायिक योजना बनाएर जाने बताएको छ । विवाह उत्सव जस्ता शुभकार्यमा नौमति बाजा वजाउने गरिन्छ ।

यसअघि नगरपालिकाले परियार सेवा समाज बेलबारीलाई पनि नौमति बाजा दिएको थियो । उनिहरुले बिबाह ब्रतबन्ध पुराण जस्ता शुभ कार्यमा बाजा बजाएर राम्रो आम्दानी गरीरहेका छन् ।