२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

स्काउटको ७० औं जन्मोत्सवमा बेलबारी स्काउटले गर्यो बृक्षारोपण

Author Uttari Morang
आइतबार, आषाढ ०६, २०७८
स्काउटको ७० औं जन्मोत्सवमा बेलबारी स्काउटले गर्यो बृक्षारोपण

 नेपाल स्काउट बेलबारी नगर समितिले स्काउटको ७० औँ जन्मोत्सवका अवसरमा बृक्षारोपण कार्यक्रम संचालन गरेको छ।

स्काउट तदर्थ समिति बेलबारीको कार्यक्रम अनुसार  बेलबारी नगरपालिका परिसरमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा बृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा बेलबारी स्काउट तदर्थ समिती संयोजक बादल देवान तथा सदस्यहरु रबिन थापा, अनिशा गिरी, सोमबहादुर लिम्बू, विष्णु लिम्बु, माधवराज थापा, कृष्ण गुरुङ, सितल राय, रसिन लामा लगायतको उपस्थित थिए ।

बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ सालमा स्काउट अभियानको सुरुवात भएको थियो ।

नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको  सांगठनिक विस्तार र विकास भइरहेको छ ।
दोश्रो लहरको कोरोना महामारीको कारण समितिका सदस्यहरुको उपस्थितमा बिरुवा रोपिएको संयोजक बादल देवानले बताए।

       बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बेलबारी स्काउटले गरेको कार्य उदाहरणीय भएको बताए  । उपमेयर ढाकाकुमारी पराजुलीले समाज परिवर्तन र सुसभ्य समाज निर्माणका निम्ति स्काउटलाई थप बलियो बनाउन नगरपालिकाले आउने दिनमा थप सहयोग समन्वय गर्ने बताइन्।