२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस

Author Uttari Morang
बिहिबार, मंसिर २३, २०७८
जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनतालाई आधा अर्थात् ५० प्रतिशतसम्म भाडा छुट हुने गरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले जनप्रतिनिधिको सुविधाका लागि यातायात साधन खरिदमा खर्च गर्नसक्ने रकमबाट जनताको लागि सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याएको हो ।

जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद गरी सञ्चालन गरिएको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । जनताको सेवा नै आफुहरुको जिम्मेवारी भएको बताउँदै अध्यक्ष राइले जनप्रतिनिधि चढ्न गाडी किन्ने पैसाले जनताका लागि सार्वजनिक बस किनेको बताए ।

उदयपुर सदरमुकाम गाईघाटदेखि लिम्चुङबुङको केन्द्र बराहस्थित राईचोकसम्म बसको ‘रुट पर्मिट’ तोकिएको छ । लिम्चुङबुङदेखि गाईघाट सम्मको दूरी ६५ किलोमिटर छ । ६५ किलोमिटर कच्ची सडक पार गर्दा ६ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
तर गाउँपालिकाले संचालन गरेको बसमा बृद्धबृद्धा, अशक्त, अपाङ्ता भएकाहरूलाइ ५० प्रतिशत, कृषक, उद्यमीहरूका लागि उत्पादन निर्यात तथा कच्चापदार्थ आर्यतमा २५ प्रतिशत र विद्यार्थीले १० प्रतिशत भाडा छुट पाउने लिम्चुङबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बूले जानकारी दिए ।

केही वर्ष अघि मात्र सडक पुगेको लिम्चुङबुङमा निम्न वर्गका नागरिकहरु चर्को भाडा तिर्न बाध्य थिए । चार पाङग्रे सवारीसाधन खरिदका लागि आएको रकमले जनताका लागि सार्वजनिक बस किनेका पालिकाका जनप्रतिनिधिहरूले सवारी साधनको रूपमा मोटरसाइकल प्रयोग गर्दै आएका छन् ।