२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीले पाए औसधिसहितको उपचार

Author Uttari Morang
शनिबार, बैशाख ०३, २०७९
पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीले पाए औसधिसहितको उपचार

मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

 

शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय ६९ जनाको रक्त परीक्षण, १ सय ५३ जनाको भिडियो एक्सरे र १ सय २१ जनाको मुटुको जाँच (ईसीजी) गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतको समस्या भएर शिविरमा आएका २५ जनाको दाँत उखेलिएको छ । शिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात रोग तथा समस्याका आधारमा उनीहरुलाई निःशुल्क औषधीसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।