२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर

Author Uttari Morang
बुधबार, भाद्र ०६, २०८०
बिदेशी डाक्टरसहित धनकुटा अस्पतालमा हुनेभो १३ दिने स्वास्थ्य शिविर

धनकुटा जिल्ला अस्पताल अशोज १ देखि  १२ गते सम्म वृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको  छ ।

धनकुटा अस्पतालमा हुने उक्त वृहत निशुल्क शल्यकिक्रया स्वास्थ्य शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुबाट विशेषज्ञ डाक्टहरुबाट पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिने मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताए ।

शिविरमा अमेरिकन लगायत विभिन्न देशहरुका गरी ४५ जना भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारका लागि धनकुटा आउने र उक्त शिविरमा पाँच सय भन्दा बढी विरामीहरुको शल्यक्रिया गरिने संयोजक श्रेष्ठले वताए ।

अलोहा मेडिकल मिसन अमेरिका, धनकुटा अस्पताल र सल्भ नेपालको संयुक्त आयोजनामा धनकुट अस्पतालमा गरिव तथा पहुच विहिनहरुका लागि अशोज १ देखी अशोज १२ गते सम्म वहृत निशुल्क स्वाथ्य शिविर गरिएको र यसको व्यापक तयारी समेत भैरहेको सदस्य विजय सन्तोषी राईले वताए ।

बृहत नि:शुल्क स्वास्थ्य शिविरका लागि अञ्जन न्यौपाने, राजेन्द्र वहादुर प्रधान, पुरेन्द्रलाल श्रेष्ठ, विजय सन्तोषी राई, सुनिल कुमार डंगोल, दोर्ण गुरागाई, दिनेश अमात्य, विश्वराज पोखरेल, विष्णुमाया कन्दङ्वा, छत्र श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, नगेन्द्र राई, डा. अमिताप ठाकुर,राजन पौडेल, विश्वराज पोखरेल रहेको   ११ सदस्यीय  समिति गठन भएको छ । यसैगरी  संघिय सांसद राजेन्द्र कुमार राईको संयोजकत्वमा सल्लाहकार समिति र जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।