२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

एक बर्षमा २ लाख भन्दा बढी भक्तजन तथा पर्यटकले गरे पाथीभराको दर्शन

Author Uttari Morang
शुक्रबार, भाद्र १५, २०८०
एक बर्षमा २ लाख भन्दा बढी भक्तजन तथा पर्यटकले गरे पाथीभराको  दर्शन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक पर्यटनस्थल पाथीभरामा एक बर्षको अबधिमा २ लाख जना भन्दा बढी भक्तजन तथा पर्यटकहरु दर्शन गर्न पुगेका छन् ।

एक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका हुन्
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत आर्थिक वर्षको अवधिमा २ लाख एक हजार ४४८ जनाले दर्शन गरेका हुन् । अघिल्लो बर्ष साउनमा सबैभन्दा कम एक हजार ७९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए भने सबैभन्दा बढी वैशाख महिनामा ३५ हजार ६६४ जनाले दर्शन गरेका थिए ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार भदौ महिनामा ८ हजार ७५ जना, असोजमा २२ हजार ९६४, कात्तिकमा १७ हजार १७० जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यस्तै, मङ्सिर महिनामा २३ हजार ३६६ जना, पुसमा छ हजार ५४ जना, माघमा पाँच हजार ८३७ र फागुनमा १८ हजार ६८६ जना, चैत्रमा ३० हजार ६१८, जेठमा २७ हजार २१७ र असार महिनामा ३ हजार ६०२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

पाथीभराको दर्शन गर्न पूर्वी नेपाल, काठमाडौँसहित पश्चिम नेपाल तथा भारतको सिक्किम, दार्जिलिङ, आसाम लगायत अमेरिका, अस्ट्रेलिया, इङ्गल्यान्ड, दुबई, मलेसिया, साउदीसहित तीन दर्जन बढी देशका भक्तजन आएर पाथीभराको दर्शन गरेकोे समितिले जनाएको छ ।