२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गीत/साहित्य

केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Author Uttari Morang
सोमबार, फाल्गुण ०७, २०८०
केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पूर्वै मोरङ केराबारी घर मेरो… बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने यो गीतको म्युजिक भिडियो सोमबार  दामी कृएसनको युट्युव मार्फत सार्वजनिक भएको हो ।

अञ्जु पन्त र सनम तामाङको स्वर रहेको म्युजिक भिडियोको छायांकन मच्छिन्द्र मेला परिसर स्थल र मदन भण्डारी मार्गको खदम पुल आसपासमा गरिएको छ । बिजय मगरको निर्देशन र अर्जुन कट्वालको कोरियोग्राफिमा केराबारीलाई चिनाउने गीतको रचना अम्बिका भट्टराई र पदमा साधना केलुंगको रचना रहेको छ ।

दामी क्रियसनको प्रस्तुति र सनसोम तामाङको छायांकन रहेको गीतको म्युजिक भिडियोमा सुरज तामाङ स्मारिका ढकाल, अर्जुन खड्का रेश्मा खजुमको मुख्य अभिनय रहेको छ ।