२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

रक्तदानसहित विभिन्न कार्यक्रम गरेर २९ औं बार्षिकोत्सव मनाउँदै सिद्दार्थ स्कुल

Author Uttari Morang
मंगलबार, फाल्गुण १५, २०८०
रक्तदानसहित विभिन्न कार्यक्रम गरेर २९ औं बार्षिकोत्सव मनाउँदै सिद्दार्थ स्कुल

माेरङ सुन्दरहरैँचा १० खाेर्सानेमा रहेकाे सिद्धार्थ सेकेण्डरी स्कुलले फागुन १६ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम तथा गतिविधि आयाेजना गरी २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरेको छ ।

२९ औं बार्षिकोत्सवको अबसरमा `विद्यार्थीसँग अभिभावक’ कार्यक्रम अन्तर्गत म्याराथुन दाैड, भलिबल , फुटबल ,नृत्य ( मम्मि डान्स ) गायन, तथा चित्रकला लगायतकाे कार्यक्रम राखिएको विद्यालयका सहायक प्रिन्सिपल जे.वी थुलुङले बताए ।

स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले बार्षिकोत्सको अबसरमा अभिभावक तथा विद्यार्थीकाे उत्साहकाे लागि विभिन्न प्रतियाेगिता तथा खेलकुद आयोजना गरिएको र त्यसमा सम्बन्धित सबैकाे सहभागिता रहने बताए । यश अबसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियाेगिताका विजेता तथा उपविजेता समूहलाइ पुरस्कार वितरण गरिने कार्यक्रम छ ।

कक्षा १२ सम्म पढाइ हुने सिद्धार्थ स्कुलमा कम्प्युटर साइन्स , बिजनेस स्टडी, होटल म्यानेजमेन्ट , ट्राभल एण्ड माउन्टेनेरिङ र कानुन विषयको पठनपाठन हुने गरेको छ । पूर्ण मन्टेश्वरी पद्धति अवलम्बन गरेको विद्यालयमा विविध सहशैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालित हुने गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम ढुङ्गानाले बताइन् ।
सिद्वार्थले गत बर्ष पोखरामा भएको राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको थियोे । राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधि बिजेता सिद्दार्थ स्कुललाई सुन्दरहरैँचा नगरपालिकाले ३ लाखसहित सम्मानित गरेको थियोे । आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल यस विद्यालयमा हाल १६ सय बढी विद्यार्थी अध्यायनरत छन् ।

रक्तदान कार्यक्रमबाट ५६ प्रिन्ट रगत संकलन 

सिद्धार्थ सेकेण्डरी स्कुलले २९ औं बार्षिकोत्सवको अबसरमा गरेको रक्तदान कार्यक्रमबाट ५६ प्रिन्ट रगत संकलन भएको छ ।

रेडक्रस साेसाइटी विराटनगरकाे प्राविधिक सहयोगमा मंगलबार विद्यालयमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका हुन् ।