२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

लापसे परीक्षण गर्दा १० जना लागू औषध प्रयोगकर्ता पक्राउ, प्रहरीले बनायो एडीएस टिम

Author Uttari Morang
आइतबार, साउन २०, २०८१
लापसे परीक्षण गर्दा १० जना लागू औषध प्रयोगकर्ता पक्राउ, प्रहरीले बनायो एडीएस टिम

मोरङ पथरीशनिश्चरेमा लागू औषध प्रयोग कर्ता न्युनीकरण गर्ने उदेश्यले लापसे (लागू पदार्थ सेवनं) परीक्षण सुरु भएको छ ।
लापसे परीक्षण सुरु भएकै दिन मंगलबार ११ जना युवा युवतीहरु लागूू पदार्थ सेवन प्रयोग गरेको प्रमाणित भएर प्रहरी नियन्त्रणमा परेका छन् ।
लागू पदार्थ सेवन गरेको कारण पक्राउ पर्नेमा ४ जना युवती र ७ जना युवा रहेका छन् । पक्राउ पर्नेहरु १७ देखि २७ बर्ष उमेर समूहको रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहालले बताए ।
संकास्पद १३ जना पक्राउ परेका युवा युवतीहरुलाई इलाका प्रहरी कार्यालयमा ल्याएर लापसे परीक्षण गर्दा ११ जनाले प्रयोग गरेको प्रमाणित भएको हो ।
पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे १ का ४ जना, २ नं. वडाका १ जना, ३ को २, ९ नं. वडाका १ जना, १० को २ जना र झापा दमकको १ जना रहेको इलाका प्रहरी कार्यालय पथरीले जाएको छ ।
संकास्पद ती व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले पथरीशनिश्चरे- १० स्थित सिरिजंङ्गा स्मृति धार्मिक वन क्षेत्रबाट नियन्त्रणमा लिएका थिए ।
डीएसपी मोहनविक्रम दाहाल भर्खरै सरुवा भएर इप्रका पथरी आएका हुन् । यहाँ आएपछि उद्योगी व्यवसायी, राजनीतिक दलका नेताहरु, सञ्चार कर्मी लगायतसँग सुझाव संकलन गरेका थिए । अधिकांशले लागू पदार्थ सेवन, कारोबार र व्यापारीहरु अत्याधिक रुपमा बढेकोले नियन्त्रण गर्न सुझाव दिएका थिए ।
त्यसपछि डीएसपी दाहालले लागू पदार्थ नियन्त्रण गर्न दुई जना इन्स्पेक्टरसहित छ जनाको एन्टि ड्रग स्क्वाट .(एडीएस) टिम गठन गरेर लपसे परीक्षण सुरु गरेको हो ।
लापसे पथरीमै परीक्षण
संकास्पद व्यक्तिलाई लागू पदार्थ सेवन गरे, नगरेको परीक्षण मल्टि ड्रग टेष्ट प्यानल ं(गर्भ परीक्षण गर्ने किड जस्तै) किड मार्फत परीक्षण सुरु गरिएको हो ।
लापसे किड पिसाबमा डुबाएपछि कोकिन, मोर्फिन, डाइजिपम, गाँजा लगायत ६ प्रकारको लागू पदार्थ प्रगोग भए नभएको छुट्याइदिन्छ । संकास्पद व्यक्तिको पिसाबमा किड डुबाउदा गर्भ परीक्षण जस्ते सेवन गरे, नगरेको छ प्रकारको ड्रगको संकेत दिन्छ । लापसे नगरेको व्यक्तिको नेगेटिभ देखाउछ ।
पथरीमा मंगलबार सोही किड मार्फत लापसे परीक्षण गरिएको हो । परीक्षण गरिएका अधिकांशमा गाँजा र केहीमा मोर्फिन, डाइजिपाम लगायतको लागू औषध प्रयोग गरिएको भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहनविक्रम दाहालले बताए ।
पहिलो पटक इलाका प्रहरी कार्यालयमा परीक्षण गर्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर अस्पतालको प्रमुख मुरारी आचार्य लगायतको उपस्थिति  थियो ।
इलाका प्रहरी कार्यालयले गठन गरेको एन्टि ड्रग स्क्वट .(एडीएस)ंले संकास्पद लागू औषण प्रयोग कर्ताहरुलाई ल्याएर नगर अस्पताल पठाउने र त्यहाँ यही किड मार्फत तुरुन्त परीक्षण गरिने प्रहरी प्रमुख दाहालले बताए । मापसे परीक्षण गर्ने किड करिव ४ सय ५० रुपैया पर्दछ । कोही अभिभावकले आफ्नो सन्तानले लापसे गरे, नगरेको पत्ता लगाउन चाहे आफै आएर पनि परीक्षण गर्न सक्ने प्रहरी प्रमुख दाहालले बताए ।
प्रहरीले गठन गरेको एडीएसले प्रयोग कर्ताको साथै लागू पदार्थ कारोबारी र ओसार पसार गर्नेहरुको पनि खोजी गरेर कारबाही चलाउने बताए ।
पथरीशनिश्चरेमा केही बर्ष अघिदेखि लागू औषध प्रयोग कर्ता व्यापक रुपमा बढेपछि दुले चोरको समेत बिगबिगी छ ।