२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

पथरी शनिश्चरे- ८ मा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु

Author Uttari Morang
मंगलबार, साउन २९, २०८१
पथरी शनिश्चरे- ८ मा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु

पथरी शनिश्चरे वडा नं. ८ कार्यालयको आयोजनामा ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ ।
आईतबारदेखि सो वडाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन/ तीन महिनामा नियमित विद्यालय स्वास्थ्य कार्यक्रम सुरुवात गरेको हो ।
बुद्ध माविबाट सुरूवात गरिएको सो कार्यक्रममर्फत वडाभित्रका बालबालिकाहरुको नाक, कान, आँखा जाँच तथा अपाङ्गता रोकथाम गर्नको लागि निरन्तर शिविर सञ्चालन गरिने वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिनुभएको छ ।
कार्यक्रम वडाका बुद्ध मावि, दुर्गा आवि, मिलन आबि, चौबिसे ऐकेडेमी, हाइल्याण्ड बोर्डिङमा निरन्तर सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख रुद्रबहादुर लिम्बुले जानकारी दिनुभयो ।
सोहि वडाले स्वास्थ्य क्षेत्र अन्तर्गत दाँत नभएका जेष्ठ नागरिकहरुलाई पनि दात लगाइदिने, जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई घरमै गएर प्रत्येक दुई महिनामा स्वास्थ्य परिक्षण, निरोगी वडा निर्माणको लागि खुल्ला व्यमशाला निर्माण, सुगर तथा प्रेसरको औषधि वितरण लगायतको कार्यक्रम निरन्तर गर्दै आइरहेको छ ।