२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

बिरुवा रोपेर बाँदरलाइ फलफूल खुवाउँदै अनेमसंघ पथरीले गर्यो तीज विशेष कार्यक्रम

Author Uttari Morang
बिहिबार, भाद्र १३, २०८१
बिरुवा रोपेर बाँदरलाइ फलफूल खुवाउँदै अनेमसंघ पथरीले गर्यो तीज विशेष कार्यक्रम

मोरङको पथरिशनिश्चरे -१ को भुल्के जालपादेवी मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ, पथरीशनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

संघले  बुधवार तीज विशेष तथा वन्यजन्तुलाई फलफूल खुवाउने र वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो।
अनेमसंघ, केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज धना तामाङको प्रमुख आतिथ्यतामा सम भएको कार्यक्रममा आँप, लिची, मेवा, केरा, आदि प्रजातिका विरूवाहरू रोपिएको थियो भने वन जंगलमा रहेका वाँदर, चराचुरुङ्गी, समेतलाई केरा लगायत फलफूल खुवाइएकाे थियाे।
सो अवसरमा अनेमसंघ केन्द्रीय सदस्य यमुना विष्ट बास्तोलाले बजारमा महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई दुई महिना अघिदेखि मनाउँदा भड्किलो हुँदै गएकोले नेपाली सांस्कृतिक परम्परा विस्थापित हुँदै गएको र बिपन्न वर्गका महिलाहरुले यो पर्व मनाउन समस्या उत्पन्न हुँदै गएको बताउनु भयो ।
अनेमसंघ पथरिशनिश्चरे नगरकमिटीकी अध्यक्ष शारदा बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले पथरिशनिश्चरे नगरकमिटीका ईन्चार्ज दिलिप कुमार राई, वडा नम्बर -१ का वडा अध्यक्ष भीमकुमार राई, जिल्ला कमिटीका सदस्य बाबुराम एङ्देन, नगरकमिटीका अध्यक्ष रमेश दहाल, वडा नम्बर -८ का वडा अध्यक्ष नवीनजंग कार्की, जिल्ला कमिटीका सदस्य भगतचन्द्र थपलिया , अनेमसंघका प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी लगायतको बाक्लो उपस्थिति थियो। सोहि क्रममा विभिन्न तीज गीतहरुमा महिला दिदीबहिनीहरुले छमछमी नाचेका थिए।