२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नगर प्याब्सनद्वारा अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न

Author Uttari Morang
बुधबार, भाद्र १९, २०८१
बेलबारी नगर प्याब्सनद्वारा अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न

बेलबारी नगर प्याब्सनमा आबद्ध संस्थागत बिद्यालयका बिद्यार्थीहरु बीच अंग्रेजी हिज्जे प्रतियोगिताको छनौट चरण सम्पन्न भएको छ ।
बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख अतिथ्यतामा बेलबारी-१ मा अवस्थित आदर्श सेकेण्डरी स्कुलको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगिताबाट बेलबारी -१ मा अवस्थित आदर्श सेकेण्डरी बोर्डीङ्ग स्कुल प्रथम, बेलबारी-९ मा अवस्थित सन्साइङ्ग स्टार बोर्डीङ्ग स्कुल दोस्रो , बेलबारी-२ मा अवस्थित शिक्षा संदेश अंग्रेजी स्कुल तेस्रो, बेलबारी-६ मा अवस्थित प्रगति बोर्डीङ्ग स्कुल चौथो र बेलबारी -१ मा अवस्थित भानु मेमोरियल बोर्डीङ्ग स्कुल पाचौ भएको थियो।
उत्कृष्ट ५ मा छनौट भएका विद्यालयलाई आगामी भाद्र २६ गते बिराटनगरमा हुने प्रतियोगिताका लागि पठाइने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुखअथिति तथा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले संस्थागत विद्यालयमा विद्यार्थी संख्या सानो भएपनि विद्यार्थीको भविष्य उज्जवल हुनेगरी नतिजा निकाल्न आग्रह गरे ।
साथै, कार्यक्रमका बिशिस्ट अथिति जिल्ला प्याब्सन मोरङका सचिव जगत बस्नेतले मोरङ जिल्लामा भएका १७ वटा पालिकामध्ये प्याब्सनको क्षेत्रमा बेलबारी नगर प्याब्सन उत्कृस्ट भएकोमा गौराम्बीत महशुस भएको बताए ।

कार्यक्रममा बेलबारी नगर प्याब्सनका प्रमुख सल्लाहकार भुपाल बस्नेत, बेलबारी नगर एन. बेलबारी नगर प्याब्सनका सल्लाहकार मणि तामाङ्ग, एन. प्याब्सनका अध्यक्ष पर्बत खालिङ्ग राई लगायतको उपस्थिति थियो।