२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कृषि/सहकारी

महिलाहरुद्वारा संचालित अष्टलक्ष्मी साकोसको १८औ साधारण सभा भव्यताका साथ सम्पन्न

Author Uttari Morang
शुक्रबार, आश्विन ०४, २०८१
महिलाहरुद्वारा संचालित अष्टलक्ष्मी साकोसको १८औ साधारण सभा भव्यताका साथ सम्पन्न

पथरी शनिश्चरे,समाचारदाता /  महिलाहरु मात्रै शेयर सदस्य रहेको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। पथरीशनिश्चरे नगरपालिकाकै एक मात्रै महिलाहरूको साझा सहकारीको रुपमा परिचित सो सहकारी संस्थाले आफ्नै निजी भवनमा बिहीबार साधारण सभा सम्पन्न गरेको हो।
संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा २०८१/०८२ को लागि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। हाल २ हजार २४ जना शेयर सदस्य रहेको साकोसको हाल शेयर पुँजी १ करोड ४४ लाख ८६ हजार ४ सय रुपैयाँ ,  कुल बचत १० करोड ५१ लाख १९ हजार १० र ऋण लगानी ९ करोड १४ लाख १७हजार ६ सय ४० रूपैयाँ  रहेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सोही अवसरमा संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को एक करोड ४४ लाख ८६ हजार ४ सय रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो।  साकोसले आयकर पछिको १८ लाख ७१ हजार १ सय १५ रूपैयाँ शुद्ध नाफा गरेको छ ।
साकोसकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र पूर्वअध्यक्ष वीना राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको सो साधारणसभामा जेष्ठ सेयर सम्मान, एकल महिला सम्मान, उत्कृष्ट बालबचत पुरस्कार, उत्कृष्ट ऋण कारोबारकर्ताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।