२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

सुकुना सामुदायिक वन क्षेत्रमा रोपियो करिब १५ सय बिरुवा

Author Uttari Morang
आइतबार, आषाढ ०८, २०८२
सुकुना सामुदायिक वन क्षेत्रमा रोपियो करिब १५ सय बिरुवा

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सुकुना सामुदायिक बन उपभोक्ता समूहले करिब १५ सय बिरुवा रोपेको छ ।
सामुदायिक वनको ४.४५ हेक्टर क्षेत्रफल जमीनमा बृक्षारोपण गर्ने योजना अनुसार वनले ती बिरुवा रोपेको हो ।
सब डिभिजन बन सलकपुरका बन सहायक राममाया परियारसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरुको समेत सहभागितामा यसै हप्ता वृक्षारोपण गरिएको सुकुना सामुदायिक वनका कार्यालय सचिव आर के प्रधानले बताए ।
सामुदायिक वनको आयोजनामा आफ्‌नो वन क्षेत्रभित्र टिक, जामुन साल, अम्म्बक, खयर, कागती, मसला ,निम, औटागा आदिका बिरुवा रोप्ने अभियान सम्पन्न भएको सुकुना सामुदायिक वनले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा खोर्साने सामुदायिक बिकास केन्द्रका प्रतिनिधि, सहयोगी हातहरु नाकम संस्थाका प्रतिनिधि, सुकुना सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति थियो । संयन्त्र साप्ताहिकबाट