२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगरपालिकाको महिला बालबालिका शाखाले गर्यो यस्ता  प्रभावकारी  कार्यक्रम

Author Uttari Morang
मंगलबार, आषाढ ०२, २०८३
बेलबारी नगरपालिकाको महिला बालबालिका शाखाले गर्यो यस्ता  प्रभावकारी  कार्यक्रम

बेलबारी नगरपालिकाको महिला बालबालिका तथा लक्षित वर्ग समन्वय शाखाले आर्थिक वर्ष २०८२/८३ को अवधिमा  प्रभावकारी  कार्यक्रमहरू सञ्चालन गरेको छ।

शाखाले महिला समूहहरूको मागको आधारमा विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरेको छ। जस अन्तर्गत वडा नं ४ मा नौमती बाजा बजाउने तालिम सञ्चालन भएको छ। सो तालिममा १५ जना महिलाहरू सहभागी भएका थिए ।   शाखाले ब्युटी पार्लर र नेल  आर्ट सम्बन्धी तालिम पनि सञ्चालन गरेको थियो। स सो तालिममा ३० जना महिलाहरुले  सहभागिता जनाएका थिए। त्यसैगरी महिलाहरूका लागि केक बनाउने तालिम समेत सञ्चालन भएको थियो। सो तालिममा ३० जना महिलाहरूले सिप सिकेका थिए।  त्यस्तै सोही अवधिमा   कफी बनाउने तालिम, परालको चप्पल बनाउने तालिम, नेतृत्व विकास तालिम,   सिलाई  कटाई तालिम, उत्प्रेरणा तालिम आदि पनि सञ्चालन  भएको बेलबारी नगरपालिकाको महिला बालबालिका तथा लक्षित वर्ग समन्वय शाखाले जनाएको छ ।

नगरपालिकाले  अपाङ्गता सशक्तिकरण कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको नावजाँच शिविर गरी ३३ जना अपाङ्गहरूका लागि सहायक सामग्री वितरण गरेको छ ।अपाङ्गहरूलाई  ह्वील चेयर, कमबोट चेयर, सिटिङ चेयर, भ्याकुम ट्राइसाइकल, स्पेसल सुज, एल स्टीक, , सिपी चेयर, अटोपेरिक सुज, हेयरिङ एड, बैशाखी , कृत्रिम खुट्टा र जुत्ता आदि सामग्रीहरू पनि वितरण गरेको छ। त्यसैगरी नगरपालिकाले  अपाङ्गता भएका व्यक्तिहरूको लागि निःशुल्क फिजियोथेरापी गराउनका लागि फिजियोथेरापी पनि वितरण गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अपाङ्गता भएका  २५ जना व्यक्तिहरूलाई साबुन र हार्पिक बनाउने तालिम पनि दिएको छ।

त्यसैगरी नगरपालिकाले बेलबारी ५ ६ र ७ वडाका नागरिकहरू लाई पङ्खा र फलफुल वितरण गरी सम्मान गरेको छ। जसबाट दर्जनौं जेष्ठ नागरिकहरू लाभन्वित  भएका छन्।शाखाले सो अवधिमा नागरिक १०० जना जेष्ठ नागरिकहरूलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ भने ६३ जना अपाङ्गता भएका व्यक्तिहरूलाई पनि परिचयपत्र वितरण गरेको छ। यस अवधिमा १९ जनालाई अपाङ्गता को रातो कार्ड, २६ जनालाई निलो कार्ड,१४ जनालाई पहेलो कार्ड र ४ जनालाई सेतो कार्ड वितरण गरेको छ।