२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कृषि/सहकारी

बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न  

Author Uttari Morang
शनिबार, आषाढ २८, २०७६
बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको सहकारी सम्बन्धी एकदिने तालिम सम्पन्न  
बेलबारी  मोरङ / बेलबारी बहुउद्देश्यीय सहकारी संस्था बेलबारीले आज आफ्ना सेयर सदस्यहरुलाइ सहकारी सम्वन्धी ज्ञान दिने अभिप्रायले एकदिने सहकारी अभिमूखिकरण गोष्ठी सम्पन्न  गरेको छ  ।
बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजना गरिएको आयोजित उक्त कार्यक्रमको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।
सो कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञमनेन्द्र सुवेदी, पूर्व सांसद नरेन्द्र बस्नेत, नेपाली काङ्रग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, नेकपा नगर संयोजक पर्शुराम सुवेदी, बेलारी बहुउद्देश्यका सहकारीका अध्यक्ष प्रताप थापा लगायतका सहभागिता रहेको थियो ।
कार्यक्रमलाई संोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाकम प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिकाले सहकारी ऐन वनाईसकेकोले पारित ऐन अनुसार सबैले अघि वढ्नु पर्ने औल्याए । यदि त्यसमा कुनै परिवर्तन गर्न पर्ने ठाउँ भए त्यसमा छलफल गरेर नगरपालिका अगाढि वढ्न तयार भएको पनि वताए ।
साथै मेयर सुवेदीले सबै सहकारीहरुलाई सहकारीको मूलमर्म अनुसार अगाडि वढ्न समेत आग्रह गरे ।
बेलबारी गाविसका पूर्व अध्यक्ष एवम् संस्थाका उपाध्यक्ष शिवबरालले कार्यक्रमकमे उद्देश्यको वारेमा प्रष्ट पारेका थिए  ।सो तालिमको सहजीकरण सहकारी विभागका विभागका अधिकृत तोया तिम्सिनाले गरेका थिए ।