२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
प्रवास

मेनपावरबाट ठगिएका नेपाली युएईमा अलपत्र 

Author Uttari Morang
सोमबार, फाल्गुण ०५, २०७६
मेनपावरबाट ठगिएका नेपाली युएईमा अलपत्र 
रामकुमार परियार
युएई । काठमाडौको पुरानो बानेश्वर स्थित दुई मेनपावर एजेन्सीको ठगीमा परि युएईमा ५० भन्दा बढी नेपाली अलपत्र परेका छन ।
युएईको सारजाह स्थित ईमिरेट्स क्याब कम्पनीमा आकर्षक तलब र सुविधाको लोभमा परि ओसो रिक्रुटिङ एजेन्सी र फ्युचर मेनपावर एजेन्सीमार्फत युएई आएका नेपालीहरु अलपत्र परेका हुन । ६ महिना अघि ति मेनपावरले उनीहरुलाई जनही २ लाख ५० हजार देखि ३ लाखसम्म असुलेर युएई ल्याएको उनीहरुले बताएका छन ।
पीडित नेपालीहरुले मेनपावरले आफुहरुलाई जालि सम्झौता गरि युएई ल्याएर अलपत्र पारेको हुँदा क्षतिपूर्ति उपलब्ध गराई स्वदेश फर्काउन आग्रह गर्दै अबुधाबी स्थित नेपाली दूतावासलाई निवेदन समेत दिएका छन ।
मेनपावरले खाने – बस्ने सुविधा सहित मासिक बेसिक १५ सय दिराम र ओभरटाईम तथा कमिसन गरि मासिक ५ हजार दिराम सम्म कमाई हुने आश्वासन दिएको तर यहाँ आईसकेपछि बेसिक सेलरी समेत नपाएको सिरहाका अनिल यादवले बताए । आफुले यस विषयमा कम्पनीसंग कुरा गर्दा कम्पनीले उल्टै धम्की दिएर कोठाबाटै निकालिदिएको उनले बताए ।
आफुहरुले सम्झौता अनुसारको सेवा सुविधा र तलब पाउनुपर्ने भन्दै मेनपावरमा कुरा गर्दा  उल्टै धम्कि दिएको र केही दिनमा कम्पनीले  कोठाबाट निकालि दिएको उनीहरुले बताए । काठमाडौका विक्रम लामा भन्छन् “एउटा सानो कोठामा २० जना बसेका छौं , अहिले खाए भरे के खाने भन्ने स्थितिमा गुज्रिएका छौँ ।”

दूतावाससंग गुहार

 पीडितहरुले अबुधाबीस्थित नेपाली राजदुतावासमा सहयोगको आग्रह गर्दै निवेदन हालेर गुहार मागेका छन ।
मेनपावरले आफुहरुलाई जाली सम्झौता गरि युएई ल्याएर अलपत्र पारेको र कम्पनीसंग घर फर्काई दिन आग्रह गर्दा प्रतिव्यक्ति ६ हजार दिराम मागेको पीडितहरुले निवेदनमा उल्लेख गरेका छन ।
निवेदनमा पीडितले आफुहरुसंग कम्पनीले मागेको रकम दिन सक्ने स्थिति नभएको उल्लेख गरेका छन । साथै दूतावासलाई आफुहरुको लागत फिर्ता गरि स्वदेश फिर्ता गरिदिन उनीहरुले आग्रह गरेका छन ।
यस विषयमा कुरा गर्दै युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पीडितहरुको उद्दारमा राजदुतावास गम्भीर भएर लाग्ने बताए ।