२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

गृहिणी अनि जागिरे हुँदै गायिकासम्मकाे दुर्गाको यात्रा (भिडियो सहित)

Author Uttari Morang
मंगलबार, भाद्र ०५, २०७५
गृहिणी अनि जागिरे हुँदै गायिकासम्मकाे दुर्गाको यात्रा (भिडियो  सहित)

केशु विरही

उनी एउटी गृहिणी हुन् । दुई सन्तानकी अामा । एक छाेरा एक छाेरी । छाेरा छाेरी मात्र नभएर बुढा भएका ससुराबुबा र श्रीमानका लागि खाना वनाउने र गृहस्थीका लागि अावस्यक पर्ने जिमेमेवारी पनि उनकै काधमा छ । त्यसाे त उनकाे काँधमा जिम्मेवारी समाजसेवा र नाेकरी पजि उनकाे काँधमा छ । तर उनलै यी सबै जिम्मेवारीलाई सहज रुपमा निर्वाह गर्दै अाएकी छिन ।

साथै उनकाे काँधमा अहिले एउटा नयाँ जिम्मेवारी थपिएकाे छ त्याे हाे एउटी गायिकाकाे जिम्मेवारी पनि ।

उनी अर्थात दुर्गा न्याैपाने रुपाखेती ।

बेेेेलबारी नगरपालिका वार्ल्ड नं २, लालभित्ती निवासी दुर्गासँग गितसङ्गितकाे साेख सानैदेखिकाे हाे तर अवसरकाे अभावमा उनकाे साेखले माैलाउने अवसर पाएकै थिएन । तर यसपालि भने उनकाे बाल्यकालदेखिकै साेख पूरा हुने भएकाे छ ।

सानैदेखि गित सङ्गितकाे साेख रहेपनि अवसरकाे नपाउँदा त्याे साेख पूरा गर्न नसकिरहेकाे अवस्थामा यसपालि भने उनकाे साेख पूरा भएरै छाड्ने भएकाे छ ।

दुर्गा न्याैपाने रुपाखेती एक गृहिणी हुन । उनका एक छाेरी र एक छाेरा छन् । २ सन्तान, श्रीमान र ससुर बुबा गरी पाँच जनाकाे परिवारकाे लागि घरायसी जिम्मा उनकाे कांधमा छ । उनले जिम्मेवारी वखुवी तरिकाले निभाउदै अाएका छन् ।

एउटी गृहिणी भएर पनि उनले घरगृहस्थीका अतिरिक्त समाजसेवामा पनि समय दिने गरेकी छिन । उनी हाल लालभित्ती साकाेसकी कार्यसमिति सदस्य तथा गाेल्डेन फ्युचर संस्थामा व्यवस्थापकका रुपमा कार्यरत छिन । यसका अतिरिक्त उनले “मायालु हातहरु” नामक संस्थाकी सचिव समेत भएर काम गरिसकेकी छिन ।

घर गृहस्थी, जागिर तथा समाजसेवालाई त्रिकाेणात्मक भूमिकालाई सफल रुपमा निभाउँदै उनी पछिल्लाे समयमा गायिकाकाे रुपमा समाजमा उदाएकी हुन ।

उनकाे …. बाेलकाे तिजकाे गित रेकड भैसकेकाे छ । साथै साे गितलाई भिजुवल गरिदै छ ।

उनी अाफूलाई गायनमा अाउनमा स्थानीय गायक सन्जिव धिमालकाे ठूलाे हात रहेकाे वताउँछिन । गायन तथा गितकाे सङ्गितमा सन्जिवकाे सहयाेगलाई उनी भुल्न सक्दिनन् ।

उनकाे छायांकन भैरहेकाे गित धनकुटा तथा बेलबारीका रमिते पर्टकीय क्षेत्र र सिंहदेवि मन्दिरमा छायांकन भरहेकाे छ ।

चाँडै वजारमा अाउन लागेकाे गितकाे शब्द, स्वर तथा सङ्गगित तिनै गायिका अाफ्नै रहेकाे छ भने यस गितकाे भिडियाेकाे निर्देशन विशाल हुमाँगाईले गरेका छन् भने काेरियाेग्राफी प्रविन गिरीकाे रहेकाे छ ।

याे गितकाे नृत्यमा स्थानीय सन्जु हुँमागाइँ, बन्दना बस्नेत, शान्तिला डाँगी, तारा थापा, कमला कटुवाल, सिर्जना बस्नेत लगायतकाले माेडलकाे भूमिका निभाएका छन् ।

पछिल्लाे समयमा यस्ता गितकाे अडियाे मात्र नभएर भिडियाे नै निकाल्ने क्रम वढ्दाे छ ।

अडियाेकाे साथ साथै भिजुवलनै किन निकाल्नु पर्याे भन्ने सवालमा गित सुनेरभन्दा हेरेर रमाईलाे मान्ने हुँदा अाफूले भिडियाेमा लगानी गरेकाे गायिका वताउँछिन ।

यस अघि पनि बेलबारीक तारा पराजुलीकाे शब्द, दुर्गा पराजुलीकाे सङ्गीत र गायिका यमुना पराजुलीकाे स्वरकाे अर्काे तिज गितकाे पनि छायंकन पश्चात् बजारमा अाउने तयारीमा रहेकाे छ ।